२०७४ माघ ७ सम्म यो सरकार ढल्दैनः प्रधानमन्त्री ओली


२४ जेठ । सरकार फेरवदलबारे चर्चा चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने आफ्नो नेतृत्वको सरकार तत्काल नढल्ने दाबी गरेका छन् ।

विश्वविद्यालयको ७२ औँ सिनेट बैठकमा सहभागी भई बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् । उनले एमाले नेतृत्वको सरकार २०७४ माघ ७ भित्र हुने संसदीय निर्वाचनसम्म रहने ठोकुवा गरे ।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बजेटपछि आफ्नो नेतृत्वमा सरकार गठन गर्ने एमालेसँग भद्र सहमति भएको सार्वजनिक अभिव्यक्ति दिइरहेका बेला प्रधानमन्त्री ओलीले त्यसको पनि खण्डन गरे ।

उनले सरकार परिवर्तनबारे कुनै भद्र सहमति नभएको स्पष्ट पारे । उनले व्याङ्ग्य गदै भने–सरकार कहिल्यै स्थिर हुँदैन, तर यो सरकार अहिल्यै परिवर्तन हुने भन्ने मितिको टुङ्गो लागेको छैन ।’

प्रतिक्रिया दिनुहोस्