२० हजार कर्मचारी खटाउन सूचना जारी गर्ने तयारी


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गरेर १५ दिनभित्र कम्तीमा २० हजार कर्मचारी स्थानीय तहमा खटाउने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले एकैसाथ कर्मचारी खटाउन लागिएको बताएका छन् ।
कर्मचारी खटाउन मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गर्ने तयारी गरेको छ । स्थानीय तहमा ठूलो संख्यामा कर्मचारी नपुगेपछि जनप्रतिनिधिहरुले छिटो खटाउन सरकारलाई दबाब दिँदै आएका छन् । तर ‘सरुवा मापदण्ड स्वीकृत नभइसकेका कारण ढिलाई भए पनि मन्त्रालयले मापदण्ड तत्काल स्वीकृत गरेर एकैसाथ कर्मचारी खटाउने अन्तिम तयारी गरेको हो ।
मन्त्रालयले संघको दरबन्दी मिलान गरेर आवश्यकताभन्दा बढी भएका कर्मचारीको विवरण पठाइदिन सबै मन्त्रालयलाई पत्रचार गरेको थियो ।
तर, कुनै पनि मन्त्रालयले आजसम्म मन्त्रालयमा बढी भएका कर्मचारीको विवरण नबुझाएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्