२१ जना घाइते बोकेर हेलिकोप्टर काठमाडौँ उड्यो, विद्यार्थी नेतृ यसु लामाको होस खुल्यो


होलिकोप्टर ३१ साउन । काभ्रेको विर्ता देउराली गाविसमा यात्रु बस दुर्घटना हुँदा कम्तिमा २४ जनाको मृत्यु भएको छ । दुर्घटनामा चालीस जना घाइते भएका छन् । घाइतेहरुको उद्धारका लागि देउराली पुगेको हेलिकोप्टरले २१ जना घाइतेको उद्धार गरी काठमाडौँ ल्याएको छ ।

६ वटा एम्वुलेन्स पनि घटनास्थलमा पुगेका छन् । नेकपा एमाले काभ्रेका पूर्व अध्यक्ष गोकुल बास्कोटाका अनुसार अहिले काभ्रेका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थी पनि घटनास्थल पुगेका छन् । बास्कोटाका अनुसार घाइतेलाई तत्काल काठमाडौँ ल्याउने तयारी भएको छ ।

काठमाडौंबाट मादनकुडारी जाँदै गरेको बा ३ ख १०६ नम्बरको बस उकालोबाटोमा ब्याक भएर सडकबाट तल भीरमा खसेको हो । बास्कोटाका अनुसार स्थानीय र प्रहरी उद्धार कार्यमा सक्रिय छन् । घटनास्थलमा ‘२४ जनाको शव फेला परेको छ । बस सडकबाट करिब तीन सय मिटर तल खसेको थियो। घटनास्थल बिर्ता देउराली गाविस वडा नम्बर ९ मा पर्छ।

विद्यार्थी नेतृ यसु लामा बोलिन्

दुर्घटनामा परेक अनेरास्ववियुकी नेतृ यसु लामा पनि गम्भीर घाइते भएकी छिन् । बास्कोटाका अनुसार लामा केही समय बेहोस भए पनि अहिले सामान्य रुपमा बोलेकी छिन् । ‘उहाँ बोल्न थाल्नु भएको छ,’ बाँस्कोटाले भने ।

प्रतिक्रिया दिनुहोस्