२२ गतेका लागि मुक्ति समाजको तयारी


१४ पुस । नेकपा एमाले सहित संसद्मा प्रतिनिधित्व गर्ने नौ राजनीतिक दलले आगामी पुस २२ गते काठमाडौंमा वृहत् विरोध सभा गर्न लागिरहेको छ । सोही क्रममा एमालेका विभिन्न जनवर्गीय संगठनहरुले उक्त विरोध प्रदर्शनको तयारी अहिलेदेखि नै थालिसकेका छन् ।

यसै क्रममा, नेपाल उत्पीडित जातीय मुक्ति समाज प्रचण्ड सरकारले संसदमा दर्ता गरेको असंवैधानिक, जनविरोधी र राष्ट्रियहित विरोधी संविधान संशोधन प्रस्ताव विरुद्ध पुस २२ गते सबैलाई सहभागी हुन अनुरोध गर्दै विभिन्न व्यक्तिहरुलाई जिम्मेवारीसमेत दिएको छ । जसमा ललितपुरको बैठकको जिम्मेवारी सुन्दर विश्वकर्मा, भक्तपुरको जीतु गौतम, काठमाडौं, धादिङ, नुवाकोट र काभ्रेपलान्चोकको गणेश विश्वकर्मा, दोलखाको टेक घतानी, सम्पर्क तथा उत्पीडित विद्यार्थीहरुको सुन्दर पुर्कुटी, ब्यानर, झन्डा र बाजागाजाका लागि निर्मल देउला र मोटरसाइकल ¥यालीका निम्ति जीतु गौतम र गणेश विश्वकर्मालाई जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्