२२ गतेको प्रदर्शनपछि प्रचण्डले संशोधन प्रस्ताव फिर्ता लिन्छन्ः योगेश भट्टराई


२१ पुस । नेकपा (एमाले) का सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले २२ गतेको आन्दोलन ऐतिहासिक हुने भन्दै जनप्रदर्शनको दबाबका कारण प्रचण्ड नेतृत्वको सरकार संविधान संशोधन प्रस्ताव फिर्ता लिन बाध्य हुने बताएका छन् । संविधान संशोधन प्रस्तावको विरोधमा यही पुस २२ गते एमालेसहित नौ दलले काठमाडौमा गर्ने जनप्रदर्शनका सन्दर्भमा प्रेस चौतारी नेपालले पार्टी मुख्यालय धुम्बाराहीमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले यस्तो बताए हुन् ।

‘एमालेसहितका नौ दलको प्रदर्शनपछि प्रचण्डले संशोधन प्रस्ताव अघि बढाउने छैनन्,’ उनले भने, ‘प्रचण्डले फिर्ता लिनेछन् ।  राष्ट्रिय शक्तिलाई एक ठाउँमा ल्याउन प्रदर्शन महत्वपूर्ण हुनेछ ।’ उनले २२ गतेको प्रदर्शनपछि राष्ट्रविरोधी शक्ति पलायन हुने पनि दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्