२२ गते हुने आमसभा सफल बनाउन सासंद्लाई ओलीको निर्देशन, सर्वोच्चको आदेशको स्वागत


१९ पुस । नेकपा (एमाले)ले संविधान सशोधन प्रस्तावको विरोधमा यही पुस २२ गते हुने आमसभालाई सफल बनाउनका लागि सशक्त र प्रभावकारी भूमिका खेल्न सांसदलाई निर्देशन दिएको छ । सर्वोच्चको आदेशपछि २२ गतेको अमसभा स्थगन हुने चर्चा चलिरहेका बेला ओलीले त्यस्तो निर्देशन दिएका हुन् ।

व्यवस्थापिका–संसद् भवन, बानेश्वरमा मंगलबार बसेको संसदीय दलको बैठकमा दलका नेता केपी शर्मा ओलीले राजधानीको भृकुटी मण्डपमा हुने आमसभामा धेरैभन्दा धेरै जनसहभागिता जुटाउने तयारीमा लाग्न सांसदलाई निर्देशन दिए ।

एमालेले पार्टी स्थायी समितिले ओली निवास बालकोटमा गरेको निर्णयबारे सांसदलाई जानकारी दिने उद्देश्यले उक्त बैठक आयोजना गरेको थियो । बैठकमा पार्टी अध्यक्ष ओलीले संविधान संशोधनका विरुद्ध ५ नं प्रदेशमा हुँदै आएको आन्दोलनलाई अरु प्रदेशमा समेत विस्तार गर्नुपर्ने आवश्यकता हरेकोमा जोड दिए ।
सर्वोच्च अदालतबाट संविधान संशोधनको प्रस्तावका सम्बन्धमा भएको निर्णयको स्वागत गर्दै बैठकले सरकारलाई संशोधनको प्रस्ताव फिर्ता लिन अनुरोध गर्ने निर्णय गरेको छ । बैठकपछि संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रदेशको सीमाङ्कनका बारेमा एमालेले उठाएको विषयवस्तु, मुद्दा र विचारलाई सर्वोच्च अदालतले पुष्टि गर्दै सही ठहर गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्