एमालेले ३० बढी स्थानबाट जुलुस निकाल्ने (स्थान र कमाण्डरको सूची)


१४ पुस ।  नेकपा (एमाले)ले आगामी पुस २२ गते काठमाडौंमा आयोजना हुने वृहद् जनप्रदर्शनको तयारीका लागि मोर्चा संगठनको बैठक राखेको छ ।  एमाले मुख्यालयमा पार्टी महासचिव ईश्वर पोख्रेलको उपस्थितिमा बसेको बैठकले महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकले संविधान संशोधन प्रस्तावविरुद्ध ९ राजनीतिक दलहरूले आयोजना गर्ने संयुक्त विरोध प्रदर्शन र सभालाई भव्य एवं प्रभावकारी बनाउन आवश्यक छलफल, जिम्मेवारी निर्धारण र जुलुस प्रदर्शनको स्थानसमेत तय गरेको छ ।

बैठकले आगामी पुस २२ गते निम्न स्थानमा मोर्चा संगठन आबद्ध संगठनहरूलाई जुलुस प्रदर्शनको लागि निम्न स्थान तोकेको छः  
(१) अनेरास्ववियु– त्रिचन्द्र क्याम्पस (२) युवासंघ नेपाल– सुन्धारा (३) अखिल नेपाल किसान महासंघ– खुलामञ्च (४) नेपाल टे«ड युनियन महासंघ (जिफन्ट)– पुतलीसडक (५) अखिल नेपाल महिला संघ– पद्मकन्या क्याम्पस (६) मुक्ति समाज नेपाल – रत्नराज्य क्याम्पस (७) प्रेस चौतारी नेपाल– हार्दिक होटल अगाडि, बागबजार (८) नेपाल खेलकूद महासंघ – त्रिपुरेश्वर (९) नेपाल बुद्धिजीवी परिषद्– बागबजार (१०) मुस्लिम इत्तेहाद संगठन– घण्टाघर (११) मानवअधिकार एलायन्स – न्यूरोड गेट (१२) प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन (पीपीएलए) – नेपाल ल क्याम्पस (१३) पेसागत महासंघ नेपाल– बाल्मिकी क्याम्पस (१४)  लोकतान्त्रिक आदिवासी जनजाति महासंघ– बागबजार (१५) लोकतान्त्रिक अपाङ्ग महासंघ– न्यूरोड गेट (१६) लोकतान्त्रिक मधेसी संगठन – कमलादी (१७) भूमिहीन तथा सुकुम्वासी संगठन– बाल्मिकी क्याम्पस (१८) नेपाल उद्योग व्यवसाय महासंघ– खुलामञ्च र (१९) राष्ट्रिय जनसाँस्कृतिक महासंघ– अद्वैत मार्ग ।

काठमाडौं जिल्लाले विरोध प्रदर्शनलाई व्यवस्थित गर्न निम्नबमोजिम स्थानमा जुटेर जुलुस आरम्भ हुने निर्णय गरेको छः
काठमाडौंः क्षेत्र नं. १ – घट्टेकुलो, क्षेत्र नं. २ – डिल्लीबजार चारखाल, क्षेत्र नं. ३ डिल्लीबजार पिपलबोट, क्षेत्र नं. ४ कमलपोखरी (जैनभवन अगाडि), क्षेत्र नं. ५ – खानीविभाग शंकर होटल अगाडि लाजिम्पाट, क्षेत्र नं. ६ – लैनचौर, क्षेत्र नं. ७ – सोह्रखुट्टे ठमेल, क्षेत्र नं. ८– वसन्तपुर, क्षेत्र नं. ९– त्रिपुरेश्वर र  क्षेत्र नं. १०– न्यूरोड नेपाल एयरलाइन्स कार्यालय अगाडि । भक्तपुर – भद्रकाली र ललितपुर – कुपण्डोल ।
त्यसैगरी पोलिट्ब्युरो सदस्य अरुण नेपालको अध्यक्षता तथा पार्टी महासचिव ईश्वर पोखरेलको प्रमुख आतिथ्यता तथा सचिवालय सचिव प्रदीप ज्ञवालीको आतिथ्यतामा बसेको सम्पर्क समन्वय कमिटीअन्तर्गत बागमती अञ्चलका सम्पर्क मञ्चहरू र प्रदेश नं.३ अन्तर्गत भूगोलका जिल्ला कमिटीहरूको संयुक्त बैठकले पुस २२ गतेको विरोध प्रदर्शनलाई सफल पार्न उपत्यकाभित्र बस्ने बागमती अञ्चलका सबै न्यायपे्रमी जनसमुदायलाई सक्रिय सहभागिताको लागि आह्वान गरेको छ । उक्त बैठकले सम्पर्क समन्वय कमिटीको एकीकृत जुलुस बागबजारस्थित पद्मकन्या क्याम्पस अगाडिबाट सुरु हुने समेत निर्णय गरेको छ ।

पार्टी केन्द्रीय सचिवालयद्वारा विरोध प्रदर्शनलाई सफल र शानदार रूपमा सम्पन्न गर्न उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा पुस २२ गतेको जनपरिचालनका लागि क्षेत्र समन्वयकर्ताको रूपमा निम्न नेतालाई खटाउने निर्णय गरिएको छ । 
काठमाडौंः क्षेत्र नं. १ – सावित्रा भुसाल,
क्षेत्र नं. २ – शंकर पोखरेल,
क्षेत्र नं. ३ – घनश्याम भुसाल र रामेश्वर फुयाल,
क्षेत्र नं.४ – केशव बडाल र टंक कार्की,
क्षेत्र नं. ५– बिन्दा पाण्डे र मिरा ध्वोंजू,
क्षेत्र नं. ६ – ठाकुर गैरे,
क्षेत्र नं.७ – प्रकाश ज्वाला,
क्षेत्र नं. ८ – राजेन्द्रप्रसाद पाण्डे र जीवनराम श्रेष्ठ,
क्षेत्र नं. ९ – युवराज ज्ञवाली र विनोद श्रेष्ठ,
क्षेत्र नं. १० – डा. विजयकुमार पौडेल र सुरेन्द्र मानन्धर ।
ललितपुरः क्षेत्र नं. १ – पशुपति चौलागाईं र सुशीला नेपाल,
क्षेत्र नं. २ – महेन्द्रबहादुर पाण्डे,
क्षेत्र नं. ३ – रघुजी पन्त ।
भक्तपुरः  क्षेत्र नं. १ – सोम मिश्र र
क्षेत्र नं. २ – परशुराम मेघी गुरुङ ।

एमालेले सबैले आ–आफ्नो झाँकी, भेषभूषा, मौलिकता र बढीभन्दा बढी जनसहभागिता जुटाएर विरोध प्रदर्शनलाई राष्ट्रविरोधी संविधान संशोधन प्रस्ताव विरुद्धको चोटिलो प्रहारका रूपमा सफल पार्न समेत उपत्यकाबासी जनसमुदायहरूमा हार्दिक आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्