२३ वैशाखमा संघीय संसदको बैठक आह्वान


काठमाडौं, १६ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले आईतबार २३ वैशाखमा संघीय संसदको बैठक आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संविधानको धारा ९३ को उपधारा १ बमोजिम २३ वैशाखमा दिउँसो ४ बजे बैठक आह्वान गरिएको राष्ट्रपति कार्यालले जनाएको छ ।
संघीय संसदको बैठक गत १९ चैतमा स्थगित गरिएको थियो । वर्षे अधिवेशनका रुपमा सुरु हुने संसद बैठकमा सरकारले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्