२४ घण्टामा थप ६,७१६ ले जिते कोरोना, ६,७१४ नयाँ थपिए, १४५ को मृत्यु


काठमाडौं, १२ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा ६,७१६ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप ६,७१४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको १९ हजार ३० जनाको पीसीआर र ३२२ जनाको एन्टिजेन परीक्षणका क्रममा ६,७१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । आज उपत्यकाका तीन जिल्लामा जम्मा १,४९३ जना संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौैंमा १,१४९ ललितपुरमा २४१ र भक्तपुरमा ११३ जना नयाँ संक्रमित थपिएका हुन् ।

देशभर हाल एक लाख १७ हजार ७७७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १४५ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६,८४५ पुगेको छ । देशभर ८५२ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्