२५६२ औं बुद्ध जयन्ती मावलीगाउँ रुपन्देहीको देबदहमा


काठमाडौ, १३ बैशाख । भगवान गौतमबुद्धको मावलीगाउँ रुपन्देहीको देबदहमा वैशाख १५ गते २५६२ औं बुद्ध जयन्ती मनाउन लागिएको छ । देवदह नगरपालिका पर्यटन प्रबर्द्धन तथा बिकास समितिको आयोजना र लुम्बिनी बिकास कोषको सहयोगमा विश्व शान्तिका अग्रदूत भगवान गौतमबुद्धको मावली गाँउ देवदहमा पहिलोपटक औपचारिकरुपमा बुद्ध जयन्ती मनाउन लागिएको हो । सो समारोहमा स्थानीय साँस्कृतिक महत्वका प्रदर्शनी, बुद्धका दर्शन र नैतिक आचरण प्रबर्द्धनका लागि बिशेष प्रबचन समेत अ हुने नगरपालिका प्रमुख तथा पर्यटन प्रबर्द्धन तथा बिकास समितिका संयोजक हिराबहादुर केसीले जानकारी दिए ।२५६२ औं बुद्ध जयन्तीका अबसरमा देबदहमा रहेका धर्मोदयसभा र मायादेबी पार्कमा सप्ताहब्यापी कार्यक्रम पनि संचालन गरिएको उनको भनाई छ । कार्यक्रममा संस्कृतीमन्त्री रबिन्द्र अधिकारीको प्रमुख आतिथ्यमा मूल समारोह हुने जानाईएको छ । केसीले भने हामी देबदहको एकीकृत बिकासको निम्ति लागिरहेकछौं,आजसम्मका हाम्रा प्रयासलाई सार्थक बनाउनका लागि नगरपालिकाले महत्वकांक्षी योजनापनि अघि सारेको छ, यसमा सवैको साथ सहयोगको अपेक्षा गर्दछु । देबदहको ऐतिहासिक, धार्मिक सामाजिक र पर्यटकीय महत्वलाई थप उजागर गर्ने र बुद्ध मावलीको बिकासका लागि यस्तो कार्यक्रम फलदायी हुने केसीको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्