२९ दलीय गठबन्धनको खुलामञ्चमा रिले अनसन सुरु 

२५ जेठ । विभिन्न २६ बुँदे माग राख्दै २९ दलीय गठबन्धनले खुलामञ्चमा रिले अनसन सुरु गरेको छ । रिले अनसन सुरु गर्नु अघि गठबन्धनले त्यसबारे जानकारी दिन मंगलबार राजधानीमा सम्मेलन गरेको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै गठबन्धनका संयोजक उपेन्द्र यादवले संविधानले सबै भाषाभाषी, सांस्कृतिक एकतालाई सम्बोधन गर्न नसकेकाले संविधानमा उनीहरुका पनि अधिकार सुरक्षित गर्न माग गर्दै अनसन सुरु गरेको जानकारी दिए । संविधान बनाइनुपर्ने बताउनुभएको छ ।

संविधानमा विभेदकारी व्यवस्था भएकाले संशोधन आवश्यक रहेको भन्दै गठबन्धनले अन्तरिम संविधानमा व्यवस्था भएको समावेशीतालाई अहिलेको संविधानले न्यून बनाएको आरोप लगाउँदै आएको छ । द्रुत मार्गबाट ल्याइएको संविधानले आफूहरुको माग पूरा नगर्ने भन्दै माग पूरा नभएसम्म अनसन जारी राख्ने बताए ।

पत्रकार सम्मेलनमा बोल्दै देश सङ्कटमा परेको बताउँदै अहिलेको सरकारले भ्रष्टाचार, कालोबजारी र तस्करलाई प्रसय दिएको आरोप लगाए । उनले आफूहरु सरकार बनाउने र भत्काउने खेलमा नलाग्ने भन्दै उहाँले सहमतिको सरकारमा पनि सहभागी नहुने तर्क गरे ।

पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार अनसन प्रत्येक दिन बिहान ७ देखि साँझ ७ बजेसम्म जारी रहने छ । पहिलो चरणमा आगामी असार मसान्तसम्म अनसनमा बस्ने गठबन्धनले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्