२ नम्बर प्रदेशको विकासका लागि १ अर्ब सहायता दिने प्रधानमन्त्री मोदीको घोषणा


जनकपुर, २८ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २ नम्वर प्रदेश विकासका लागि १ अर्व सहायता दिने घोषणा गरेका छन् ।
शुक्रबार जनकपुरमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै जनकपुर र आसपासको क्षेत्र विकासका लागि सो सहायता दिने घोषणा गरेका हुन् । जनकपुरक्षेत्रको समग्र विकासका लागि आफू लागिपर्ने भन्दै जनकपुर–जयनगर रेलमार्गको काम पनि तीब्रगतिमा भइरहेको जानकारी दिए ।
साथै जनकपुरलाई रामायण सर्किटमा समावेश गर्ने दिशामा आफूहरु रहेको उनले बताए ।
अयोध्या र जनकपुरलाई जोड्नका लागि आफू प्रयत्नशील रहेको भन्दै नेपाल सरकारको योजना अनुसार नै आफूले सहयोग गर्ने मोदीले बताए ।

प्रतिक्रिया दिनुहोस्