३३ किलो सुन काण्डका अभियुक्त गोरेसहित श्याम खत्री र भुजुङ गुरुङलाई राजधानी ल्याइयो


काठमाडौ, २८ जेठ । ३३ किलो सुन तस्करी काण्डका मूख्य अभियुक्त चूडामणि उप्रेती गोरेसहित तीनजनालाई सोमबार राजधानी ल्याइएको छ । अनुसन्धानका लागि नेपाल प्रहरीले उनीहरूलाई हवाइजहाजबाट राजधानी काठमाडौं ल्याइएको हो। यसरी काठमाडौं ल्याइएकोमा अभियुक्तहरू वरीष्ठ प्रहरी उपरीक्षक श्याम खत्री र राजपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ पनि छन्। उनीहरूका बारेमा थप अनुसन्धान गर्नका लागि काठमाडौं झिकाइएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले जिल्ला अदालत मोरङको स्वीकृतिमा उनीहरूलाई काठमाडौं झिकाएको हो। सोमबार बिहान १० बजेको जहाज मार्फत उनीहरूलाई विराटनगरबाट काठमाडौं ल्याएको त्रिभुवन विमानस्थलका सुरक्षा गार्ड प्रमुख प्रहरी नायव महानिरीक्षक कमल जिटीले जानकारी दिए। उनीहरूको सम्पती सुद्धिकरण विभागले पनि अनुसन्धान गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्