३९ औँ प्रधानमन्त्री पदका लागि प्रचण्डको उम्मेदवारी, प्रस्तावकमा देउवा


१८ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ३९ औँ प्रधानमन्त्री पदका लागि मंगलबार उम्मेदवारी दिएका छन् । नयाँ बानेश्वरस्थित ल्होत्से हल पुगेर प्रचण्डले उम्मेदवारी दर्ता गराएका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रचण्डको प्रस्तावक बनेका छन् ।

समर्थकमा कृष्णबहादुर महरा, जयदेव जोशी, कुमार खड्का, चन्द्रेश्वर झा, उपेन्द्र यादव, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण छन् ।

केपी ओली प्रधानमन्त्री रहुन्जेल पटक–पटक वार्तामा बोलाउँदा समेत नआएर आन्दोलन जारी राखेका मधेसवादी दलका नेता समेत प्रचण्डको समर्थन बनेका छन् ।

बुधबार हुने प्रधानमन्त्री पदको निर्वाचनमा संसदको दोस्रो ठूलो दल नेकपा (एमाले)ले प्रधानमन्त्री पदमा उम्मेदवारी नदिने निर्णय सँगै प्रचण्ड प्रधानमन्त्री बन्ने निश्चि भएको छ ।

प्रतिक्रिया दिनुहोस्