३ जना कोरोनाका संक्रमित थपिए, यो सँगै नेपालमा संक्रमितको संख्या ९ पुग्यो


काठमाडौँ, २२ चैत ।  कोरोनाका नयाँ ३ जना संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष र कैलालीकी ३४ वर्षीय महिला (यसअघि कैलालीमा संक्रमित भेटिएका पुरुषकी आफन्त) मा कोरोना पोजिटिभ देखिएको हो ।यो सँगै नेपालमा संक्रमितको संख्या ९ जना पुग्यो ।

प्रतिक्रिया दिनुहोस्