५ नं प्रदेशको एमालेले अब गाउँ–गाउँमा


२३ कात्तिक । नेकपा (एमाले) ५ नं प्रदेश कमिटीले संविधान कार्यान्वयनका लागि चारमहिने जनपरिचालन अभियान सञ्चालन गर्ने भएको छ । ५ नं प्रदेशको सङ्गठन कमिटी बैठकले पनि त्यही निर्णय गरेको एमालेले जानकारी दिएको छ । वैठकमा सहभागी नेताहरुले संविधान निर्माणमा जस्तै कार्यान्वयनमा पनि पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्न जरुरी रहेको भन्दै जिल्ला–जिल्ला,गाउँ–गाउँमा यस्ता अभियान सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए ।

अभियानका क्रममा एमालेले ५ नं प्रदेशका १२ जिल्लामा कार्यकर्ता परिचालन गरी घरदैलो, संविधानमा जनताका अधिकारका बारेमा भएका व्यवस्थासहितका पर्चा प्रकाशन गरी वितरण गर्ने, जनताका माझ पुगेर संविधाका बारेमा अन्तक्र्रिया, गोष्ठी र जनसभा आयोजना गर्नेसम्मका कार्ययोजना दुई दिनसम्म बुटवलमा बसेको प्रादेशिक कमिटीले तय गरेको एमालेले जानकारी दिएको छ ।

बैठकमा ५ नं प्रदेशको सीमाङ्कनलाई नचलाउन र तराई एवम् पहाडका जिल्लालाई अलग अलग गर्ने कुरा कदापि नस्वीकार्न नेतृत्वको ध्यानाकर्षण गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्