५ नम्बर प्रदेशलाई विभाजन गरेर देखाउन सरकारलाई प्रदीप ज्ञवालीको चुनौती


मंसिर ४ । नेकपा एमालेका केन्द्रीय सचिव प्रदीप ज्ञवालीले देशमा तीनै तहका निर्वाचन गर्नुपर्ने बताएका छन् ।  प्रेस चौतारी, पाल्पाले तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले जनताको हित, आवश्यकता र समयको माग अनुसार नै संविधान संशोधनको लागि आफ्नो पार्टीले सहयोग गर्ने बताए ।  उनले संविधान संशोधन, अङ्गिकृत नागरिकता, सीमाङ्न हेरफेर वास्तविक मधेसी जनताको हितको लागि भन्दा मधेसवादी दलहरुको स्वार्थको लागि मात्र भएको विचार राखे । उनले ५ नम्बर प्रदेश हेरफेर गरेर देखाउन सरकारलाई चुनौती पनि दिए । अङ्गिकृत नागरिकलाई राज्यका सबै तहमा पुग्ने अधिकार दिने, वर्तमान सात प्रदेशको सीमाङ्कन हेरफेर गर्ने र ५ नम्बर प्रदेशलाई विभाजन गर्नेलगायतका विषयमा नेकपा एमालेको लागि संविधान संशोधनको स्वीकार्य नभएको सचिव ज्ञवालीले स्पष्ट पारे । सरकारबाट संविधान संशोधन गर्ने बारेमा नेकपा एमालेलाई कुनै आधिकारिक धारणा नआएको नेता ज्ञवालीले बताए ।

प्रतिक्रिया दिनुहोस्