५ सय ६५ निजी आवास निर्माण गरि ओराङ पुनर्निमाण सम्पन्न गर्ने पहिलो गाउँ


दोलखा, ३० वैशाख । भुकम्पबाट अति प्रभावित १४ जिल्लामध्ये दोलखाको विगु गाउपालिका ओराङ पहिलो पुननिर्माण सम्पन्न हुने गाउँ बनेको छ । भूकम्पबाट अति प्रभावित दोलखाको विगु २ मा पर्ने ओराङ गाउँमा पुनर्निर्माण कार्य सम्पन्न भएको हो । ०७२ वैशाख १२ मा गएको भूकम्प र त्यसपछि लगातार आएका पराकम्पनबाट अति प्रभावित १४ जिल्लाका गाउँमध्ये पुनर्निर्माण सम्पन्न हुने यो पहिलो गाउँ हो । बिगु गाउँपालिका अन्तर्गत वडा नम्बर २ मा पर्ने ओराङमा ५ सय ६५ निजी आवास निर्माण सम्पन्न भएपछि शनिबार बस्ती हस्तान्तरण कार्यक्रम आयोजना गरियो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले वडाध्यक्ष कृष्ण ठकुरीलाई पुनर्निर्माण सम्पन्न गरेकामा बधाई दिँदै प्रमाणपत्र हस्तान्तरण गरे ।
पुनर्निर्माण प्राधिकरणको समन्वयमा कारितास नेपाल नामक गैरसरकारी संस्थाले निर्माण सम्पन्न गरेको हो ।बुलुङ र ओराङका लाभग्राहीले सरकारी अनुदान लिएका छैनन् । तर, राज्यबाट पाउने सहयोगभन्दा धेरै सहयोग पाएका छन् । पुनर्निर्माण प्राधिकरणको समन्वयमा यहाँ कारितासले अनुदान वितरण गरेको थियो । प्राधिकरणले पीडितलाई दोस्रो किस्ताबापत १ लाख ५० हजार रुपैयाँ वितरण गर्ने गरेको छ । कारितासले यस क्षेत्रमा दोस्रो किस्ता अनुदान वितरण गर्दा सामग्री ढुवानीसमेतको रकम थप गरी २ लाख रुपैयाँ रकम वितरण गरेको कारितोसका जिल्ला संयोजक दलबहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्