६ वर्षमा देश आत्मनिर्भर बन्छ, नुवाकोटको पखेरामा बुलेट रेल गुड्छः भट्टराई


काठमाडौं, १५ असार । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का राष्ट्रियसभाका सांसद तथा युवा नेता खिमलाल भट्टराईले आगामी छ बर्षमा कृषि उत्पादनमा देश आत्म निर्भर बन्ने उद्घोष गरेका छन् ।
नुवाकोटको कविलासमा असार १५ को धान दिवश मनाउन पुगेका नेता भट्टराई ले पार्टीकोस्थानीय कमिटी द्धारा आयोजित  धान दिवस कार्यक्रममा त्यस्तो उद्घोष गरेका हुन्। साथै, उनले  र नुवाकोटका पखेरामा ६ वर्षभित्रै वुलेट रेल गुड्ने समेत बताए ।
‘प्राचिन कालमा हाम्रो देश कृषि उत्पादनमा आत्मनिर्भर थियो र निर्यात समेत गर्दथ्यो।  तर आज हाम्रो देश धान चामल गहुँ मकै लगायतका कृषि उत्पादनमा परनिर्भर बनिरहेको लज्जास्पद अवस्था छ।  अब यसलाई बदल्नु पर्दछ’ भट्टराईले भने,‘वर्तमान सरकार कृषिको आधुनिकीकरण व्यवसायिकरण र यान्त्रिकिकरणको माध्यमबाट आगामी छ  बर्षमा कृषि उत्पादनमा देशलाई आत्मनिर्भर बनाउन लागेको छ।’
नुवाकोटको विकासको  प्रसङ्ग उठाउदै उनले मध्य पहाडी पुष्पलाल राजमार्ग, रसुवागढी बिदुर गल्छी राजमार्ग र केरुङ रसुवा गढी  काठमाडौं रेल मार्गले नुवाकोटको मुहार फेरिने    निश्चित रहेको बताए ।  ‘सरकार नुवाकोटका पखेरामा छरठ बर्षमा वुलेट रेल कुदाउन लागिपरेको छ ।’ भट्टराईलले भने ।
कार्यक्रममा नुवाकोटका नेता केपी लामिछानेले पनि मन्तव्य राखेका थिए भने कार्यक्रमको अध्यक्षता कृष्ण बोहराले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्