६ सय ९६ घण्टाको ट्रमा सेन्टर बसाइपछि भावुक पत्र लेख्दै घर फर्किन् यशु लामा (पत्रसहित)


 ३१ भदौ । काभ्रे बस दुर्घटनमामा घाइते भएकी अनेरास्ववियुकी सचिवालय सदस्य यसु लामा ६ सय ९६ घण्टा अर्थात २९ दिनको उपचारपछि घर फर्किएकी छिन् ।

केही दिन चावहिलको चिरायू अस्पतालमा उपचारपछि  ट्रमा सेन्टरमा सारिएकी लामा घर फर्किएकी हुन् । उनले अस्पतालको ‘डिस्चार्ज’ पछि लेखेको भावुक पत्रः

२९ दिनको  (ट्रमा सेन्टर) हस्पिटल बसाइ पश्चात् घर फर्कने अबसर प्राप्त गरेको छु । यो समयमा मलाई माया, साथ, सहयोग, कामना गर्नुहुने सबैप्रति धन्यवाद् । यो स शब्द अवश्य अपुग हुनेछ ।

मलाई पारिवारिक अभिभावकत्व समेत प्रदान गर्नुहुने सम्पूर्ण अग्रज नेता कमरेडहरु, साथीहरु, दिदीहरु, बहिनीहरु, दाजुहरु, भाइहरु, भाउजुहरु, भेनाजु, काका, काकी, मामा, माइजू, फुपुहरु, नातामा छोरा, छोरी, भदा, भदैनी जसले घटनास्थलदेखि हस्पिटलसम्मको कुशलतापुर्बक उद्द्वार गरी हस्पिटलको बसाईलाई सहज बनाउन निकै सहयोग गर्नुभयो, मनको कामनालाई सामाजिक सन्जालमा समेत ब्यक्त गर्नुभयो । मेरो स्वास्थ्य स्थितिबारे आदरणीय पत्रकार ज्युहरुबाट मिडियामार्फत जानकारी गराउनुभयो ।

राम्रो रेस्पोन्सका साथ उपचारमा रहनुभएका डक्टरहरु, नर्सहरु यहाँहरु सम्पुर्णप्रति म आभारी छु । गर्न के सक्छु, सक्दिन थाहा छैन तर बदलामा एक काम सामाजिक सेवाका लागि जीवनभर सक्रिय रहने कोशिस भने गरिरहनेछु। किनकी कहिलेकाँही भए पनि निराश हुन्थे पहिला  । अहिले यहाँहरुको मायाले केबल मसँग उत्साह छ ।

घटना सम्झदा अबश्य दुःखी छु । एउटै सिटमा बस्नुभएको दिदी कतिको घाइते होला जस्तो लागेको थियो । हस्पिटलकै बसाइमा फरक–फरक जबाफले शंका लाग्दै थियो यथार्थमै उहाँ रहनुभएनछ । जिबनसाथी त भै गो छोराछोरीको समेत एक असल साथी, आमा बाबा दाजुहरु, दिदिबहिनीको उहाँ परिवारकै लागि एउटा बलियो पुल भनौ या अभिभावक हुनुहुन्थ्यो । मेरो कुनै त्यस्तो कुरा छैन जुन उहालाई नभनेको होस् ।

एकैछिनमा कतिको परिवार छिन्नभिन्न भए, कति घाइतेहरु सामान्य स्थितिमा आउन निकै समय लाग्नेछ । उपचारपछि पनि कति सामान्य स्थितिमा आउने हो कि होइन यो सम्झदा कसलाई दुःख नलाग्ला ?

म यो कामना गर्दछु र अनुरोध पनि परिस्थितिबस निम्तिएको ज–जसको जुन अबस्था छ हामीसंग यो अबस्थालार्इ सम्हालेर अगाडि बढ्नुको बिकल्प छैन । सम्हालेर अगाडि बढ्ने शक्ति बटुल्नुहोस् र उज्यालो भबिश्यको कामना गर्दछु। घाइतेको राम्रो उपचार होस् । घटना सम्झदा दुःख लागेपनी घटनामा म पर्नुले त्यहाँ केही राहत मिल्यो भन्दै सुनाउदा मनमा शान्ति मिल्यो । अहिले सुधारोन्मुख स्वास्थ्यस्थिति छ, अबको २–३ महिनाको आरमपछि सामान्य त हुनेछु । तर, सायद बर्षपछि घर जानेछु त्यतिबेला रोकेर नियालेर हेर्न चहान्छु ती ठाउँ, जहाँ कतिको ज्यान गयो कतिको जीवनको हिड्ने बाटो मोडिदियो ।

अन्तमा मलाई माया गर्नुहुने, मेरो लागि कामना गर्नुहुने सम्पूर्णलाई यहीमार्फत धन्यबाद । अझ उत्कृष्ट शव्द छ भने समर्पण गर्दछु । म जुन बाटोमा हिड्दै छु सन्तुष्ट त थिएँ ।  तर आज गर्व लाग्छ । मैले राजनीतिक यात्रा रोजे। सबै नामहरु उल्लेख गरुँ जस्तो लागेको छ । तर, ती असिमित नामहरु यहाँ उल्लेख गर्न सम्भब छैन ।  म ती मायाँहरु समेटेर जीवनको यात्रा उत्साहका साथ अगाडि बढाउने प्रेरणामा बदल्नेछु ।  केही समय सम्म फोनमा र फेसबुकमा दोहोरो सम्बाद गर्न इच्छा हुँदा पनि सक्दिन होला । यसु लामा

प्रतिक्रिया दिनुहोस्