७९ घण्टा २० मिनेटमा के–के गरे राष्ट्रियसभा सांसदले ? 


काठमाडौ, ११ असोज । राष्ट्रिय सभाको पहिलो बैठकले ८ वटा विधेयकहरु मध्ये ५ वटा विधेयक पारित गरेको छ । राष्ट्रिय सभाको पहिलो बैठक २०७५ साल वैशाख २३ गते आइतबार प्रारम्भ भई आज २०७५ साल असोज ११ गते बिहीबार सम्पन्न भएको बैठकले महत्वपुर्ण ५ विधेयक पारित गरी राष्ट्रपतिबाट प्रमाणीकरण भई सकेका छन् भने ३ वटा विधेयक राष्ट्रिय सभाबाट पारित गरी सन्देश सहित प्रतिनिधी सभामा पठाइएका छन् ।

बैठक शुरुभएको दिनदेखि सम्पन्न भएको १ सय ३५ दिनको अवधिमा सभाको बैठक ६१ बटा वसेको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिनाले जानकारी दिए । उनले भने, बैठको अवधिभर जम्मा ७९ घण्टा २० मिनेटको समय संसदीय काम कारवाहीमा लागेर सभाले महत्वपुर्ण काम गरेको छ ।

प्रमाणीकरण भएका विधेयकहरु
१.बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक, २०७५
२.वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५
३.अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५
४.बालबालिका सम्वन्धी विधेयक, २०७५
५.अपराध पीडितको संरक्षण सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५

यसैगरी राष्ट्रिय सभाबाट पारित गरी सन्देश सहित प्रतिनिधी सभामा पठाइएका विधेयकहरु
१.मुलुकी संहिता सम्वन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५
२.प्रशासकीय अदालतको सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
३.संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५
यसैगरी अधिवेशन अवधिमा प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त भएका १९ वटा विधेयक मध्ये देहाय वमोजिमका विधेयकहरु सभाबाट पारित गरिएका थिए
१.“राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक, २०७५”
२.“संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी विधेयक, २०७५”
३.विनियोजन विधेयक, २०७५
४.“आर्थिक विधेयक, २०७५”
५.“राष्ट्र ऋण उठाउने विधेयक, २०७५”
६.“ऋण तथा जमानत (बाइसौं संशोधन) विधेयक, २०७५”
७. “सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५”
८. “जनस्वास्थ्य विधेयक, २०७५”
ं९.“रोजगारीको हक सम्बन्धी विधेयक, २०७५”
१०. “उपभोक्ता संरक्षण विधेयक, २०७५”
११.“खाद्य अधिकार सम्बन्धी विधेयक, २०७५”
१२.“आवासको अधिकार सम्बन्धी विधेयक, २०७५” र
१३.“भूमि सम्बन्धी (सातौं संशोधन) विधेयक, २०७५”
१४.“वैयक्तिक गोपनीयता सम्बन्धी विधेयक, २०७५”
१५.“जातीय भेदभाव तथा छुवाछुत (कसूर र सजाय) (पहिलो संशोधन) विधेयक, २०७५”
१६. “अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी विधेयक, २०७५”
१७. “सामाजिक सुरक्षा विधेयक, २०७५”
१८. सार्वजनिक सूरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५
यो अवधिमा नेपालको संविधानको धारा ८६ को उपधारा (३) वमोजिम राष्ट्रिय सभाका माननीय सदस्यहरुको पदावधि कायम गर्न राष्ट्रिय सभा नियमावली, २०७५ वमोजिम २०७५ असार ४ गते गोला प्रथा कार्यक्रम सम्पन्न गरिएको थियो ।
२०७५ असार १४ गते कार्यव्यवस्था परामर्श समिति र २०७५ साउन १७ गते राष्ट्रिय सभा अन्तर्गतका विभिन्न ४ वटा विषयगत समितिहरु गठन गरिएको थियो भने २०७५ असार २२ गते संघीय संसदको संसदीय सुनुवाई समिति र २०७५ असोज १ गते राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा राष्ट्रिय सभातर्फका मा. सदस्यहरुको नाम मनोनयन गरिएको थियो ।
यसैगरी २०७५ असार २४ गते दर्ता भएको “चिकित्सा शिक्षा र समग्र स्वास्थ्य सेवा क्षेत्रमा विद्यमान विसंगतिलाई समाप्त गर्न, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन निवर्तमान सरकारले जारी गरेको अध्यादेशका मूल भावना अनुरुप विधेयक तत्काल ल्याई अनसनरत डा. गोविन्द के.सी. को स्वास्थ्य उपचार गरी जीवन रक्षा गरियोस्” भन्ने जरुरी सार्वजनिक महत्वको प्रस्ताव उपर बैठकमा २०७५ असार २६ गते छलफल भई सम्बन्धित मा. मन्त्रीबाट जवाफ दिने कार्य सम्पन्न भएको थियो ।
अन्तर्राष्ट्रिय सन्धि, संझौताहरुको अनुमोदन, 
१.अन्तर्राष्ट्रिय आतंकवाद, अन्तरदेशीय संगठित अपराध र अवैध लागू औषध कारोबार विरुद्ध सहयोग सम्बन्धी बिमस्टेक महासन्धि
२. अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरु एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि
३.जैविक विविधता महासन्धि अन्र्तगत जारी भएको आनुवंशिक स्रोतहरुमा पहुँच र तिनको उपयोगबाट प्राप्त हुने लाभको निष्पक्ष र समन्यायिक बाँडफाँड सम्बन्धी नागोया अभिसन्धिको सम्मिलन गर्ने ।
४.पारमाणविक विज्ञान तथा प्रविधि सम्बन्धी अनुसन्धान, विकास र तालिमका लागि सम्पन्न क्षेत्रीय सहयोग सम्झौता, २०१७
५.शान्ति विश्व विद्यालय स्थापना गर्ने सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता
यस अधिवेशन अवधिमा पूर्व सदस्यहरु जागृत प्रसाद भेटवाल, मोहम्मद मुस्तक आलम, कृष्ण कुमार जोशी, कमल प्रसाद पंगेनी र भरत शम्शेर राणाको निधन भएकोमा सभाबाट शोक प्रस्तावहरु पारित गरिएका थिए ।
यस अवधिमा मिति २०७५ साल जेठ ७ देखि २०७५ असार ८ गतेसम्म संघीय संसदको संयुक्त सदनको ४ पटक बैठक बसी जम्मा ६ घण्टा ५० मिनेट समय व्यतित भयो ।
राष्ट्रिय सभाको पहिलो अधिवेशनमा गठन भएको राष्ट्रिय सभा नियमावली मस्यौदा समितिले २०७५ वैशाख २३ गते सभामा प्रस्तुत गरेको “राष्ट्रिय सभा नियमावलीको मस्यौदा प्रतिवेदन, २०७५” माथि जेठ २५ गतेको बैठकमा छलफल भई “राष्ट्रिय सभा नियमावली, २०७५” लाई संशोधन सहित पारित गरिएको थियो ।
यसै अधिवेशनमा “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७५”, “संघीय संसदका महासचिव, राष्ट्रिय सभाका सचिव र राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी अध्यादेश, २०७५”, “राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७५” र “राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७५” २०७५ वैशाख २६ गतेको बैठकबाट स्वीकृत भएको थियो ।

त्यसैगरी २०७५ वैशाख २६ गते “आ.व. २०७५÷०७६ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) सदनमा छलफल गरियोस्” भन्ने प्रस्ताव पेश भएको थियो, जसउपर २०७५ वैशाख ३० र ३१ गते सभामा छलफल गरी पारित गरिएको थियो ।
२०७५ जेठ ७ गतेको बैठकमा सम्माननीय राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनप्रति पेश भएको धन्यवादको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको थियो । साथै सम्माननीय राष्ट्रपतिबाट सम्बोधन मार्फत् प्रस्तुत भएको आ.व. २०७५÷०७६ को लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथि २०७५ जेठ १०, ११ र १३ गतेका दिनहरुमा छलफल भई जेठ १३ गते उक्त नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित गर्ने कार्य सम्पन्न भयो ।

प्रतिक्रिया दिनुहोस्