७ एसपीको सरुवा, एकै पटक ३ सय जवानको बढुवा


काठमाडौ, १७ बैशाख । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ७ जना प्रहरी उपरीक्षक एसपीको काजा सरुवा गरेको छ । प्रहरी प्रशिक्षण केन्द्रमा कार्यरत लोकेन्द्र श्रेष्ठलाई पछिल्लो समय चर्चित साढे ३३ केजी सुन काण्डमा मुछिएका मकवानपुरक प्रहरी प्रमुख विकासराज खनालको ठाउँमा पठाइएको छ । महानिरीक्षक सर्वेन्द्र खनालको सचिवालयमा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका एसपी दानबहादुर कार्की आएका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत राजन अधिकारीलाई सुनसरीमा सरुवा गरिएको छ ।

त्यस्तै, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का जीवन श्रेष्ठ जिल्ला प्रहरी कार्यालय, सिरहामा सरुवा भएका छन् । धादिङका ध्रुवराज राउतलाई केन्द्रीय अनुसन्धान बिभागमा ल्याइएको छ । त्यस्तै, एसपीद्वय डम्बरबहादुर विक महानगरीय ट्राफिक प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय, धादिङ र जिल्ला प्रहरी कार्यालय, सिरहाका शेखर कोइराला ट्राफिक निर्देशनालयमा सरुवा भएका छन् ।

एकैपटक ३ सय जवानको बढुवा
प्रहरी प्रधान कार्यालयलले ३ सय प्रहरी जवननलाई हवल्दार पदमा बढुवा गरेको छ। गत साता बढुवाको लागि सिफारिसमा परेका उनीहरुको उजुरी नपरेपछि बढुवा गरि पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
गत बिहिबार मात्र करिब ५ हजार प्रहरी जवानको एकैपटक सरुवा भएको थियो। त्यसअघि ७३ सइको बढुवा सिफारीस भएको थियो। तल्लो तहमा धमाधम बढुवा भएपनि माथिल्लो तहमा भने बढुवा प्रक्रिया सुरु हुन सकेको छैन। एआईजीको दरबन्दी टुंगो नलाग्दा माथिल्ला पदमा बढुवा सुरु हुन नसकेको हो।

प्रतिक्रिया दिनुहोस्