७ जनाको मृत्यु, १८ जना घाइते

प्यूठानमा आज बिहान बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट प्यूठानको खलंगा जाँदै गरेको ना ४ ख १८७६ नम्बरको महाकाली यातायातको रात्री बस सरुमारानी गाउँपालिका ४ पाकुरीखोलामा दुर्घटना भएको हो ।
बस विहान २ बजेतिर सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । चालक वीरबहादुर चौधरीको मात्रै सनाखत भएको प्रहरीले जनाएको छ । घाईते १८ जना मध्ये ४ जनालाई उपचारका लागि बुटवल पठाइएको छ । १६ जनाको जिल्ला अस्पताल प्यूठानमा उपचार भइरहेको छ ।