८२ वर्षीय भरतमोहनलाई प्रधानमन्त्रीको ‘वर्थडे सरप्राईज’


bharatmohan1काठमाडौं २३ बैशाख । एमाले नेता भरतमोहन अधिकाद्धारा लिखित पुस्तक संसददेखि संविधानसभासम्म आइतवार विमोचन गरिएको छ । नेता अधिकारीको ८२ औँ जन्मउत्सवको अवसर पारेर प्रधानमन्त्री ओलीले विमोचन गरेका हुन । नेता अधिकारीलाई प्रधानमन्त्री ओलीले बर्थडे केक सरप्राईज दिदै केक खुवाएका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले व्यस्त समयका बाबजुत नेता अधिकारीले पुस्तक लेख्नु महत्वपूर्ण भएको बताए ।
प्रधानमन्त्री ओलीले सबैलाई लेखन परम्परा सिक्न पनि आग्रह गरेका छन । घोष्ट राइटिङ नेपालले प्रकाशन गरेको यस पुस्तकका बारेमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल,लोकेन्द्र बहादुर चन्द,मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलाराज रेग्मी लगायतले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्