आठ राष्ट्रका नागरिक अमेरिका जान नपाउने


काठमाडौं, १३ असार । अमेरिकाको सर्वोच्च अदालतले ६ मुस्लिमसहित ८ राष्ट्रका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष ६ मुस्लिमसहित विभिन्न ८ राष्ट्रलाई अमेरिका प्रवेशमा लगाएको प्रतिबन्ध त्यहाँको सर्वोच्च अदालतले सदर गरेको हो ।
ट्रम्पले गत वर्ष मुसलमान बहुल ६ देशसहित ८ देश सिरिया, लिबिया, इरान, यमन, चाड, सोमालिया, उत्तर कोरिया र भेनेजुएलाका नागरिकहरूलाई अमेरिका प्रवेशमा रोक लगाएका थिए । यो निर्णयले ट्रम्पको अन्तर्राष्ट्रिय जगतमा आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्