९२ नगरपालिका मध्ये बहुमतमा एमाले विजयी (हेर्नुहोस् सूचिसहित)


८ जेठ । नेकपा (एमाले)ले पहिलो चरणमा भएको स्थानीय निर्वाचनमा आफूलाई अग्रस्थानमा मात्र उभ्याएको छैन । पहिलो चरणको निर्वाचनमा एमालेले वहुमत स्थानमा नगरपालिकामा प्रमुख पदसहित विजयी समेत भएको छ ।

पहिलो चरणमा भएका प्रदेशन नम्बर ३, ४ र ६ को अन्तिम परिणाम आउन अझै केही स्थानको बाँकी छ । अहिलेसम्म आएको परिणाममा पनि एमालेले बहुमत स्थानमा नगरपालिकामा विजयी हात पारेको छ ।

कुल ९२ वटा नगरपालिकामा भएको निर्वाचनमा अहिलेसम्म ४९ वटा नगरपालिकामा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन् । ती नगरपालिकाको प्रमुख पदमा एमालेको नेतृत्व स्थापित भएको एमाले पार्टी कार्यालयले जानकारी दिएको छ । अझै पनि केही नगरपालिकामा मत गणना भइराखेको छ । गणना भइराखेको नगरपालिकाको मत परिणाममा २ वटामा एमालेका उम्मेदवारहरु अग्र स्थानमा छन् ।

महानगर ४, उपमहानगर १, बुढानिलकण्ठ र चाँगुनारायण नगरपालिकामा एमाले उम्मेदवारहरुको अग्रता कायमै छ । ती सबै स्थानमा जित्दा एमाले ५१ नगरपालिका र चार महानगरसहित एक उपमहानगरपालिकामा विजयी हुनेछ ।

९२ नगरपालिका मध्ये बहुमतमा एमाले विजयी (हेर्नुहोस् सूचिसहित) 

प्रतिक्रिया दिनुहोस्