९ हजार पदमा साढे चार लाखको आवेदन


काठमाडौँ, १९ असार । स्थानीय तहका लागि कर्मचारी माग गरिएकामा चार लाख ४१ हजार एक सय ४१ जनाले फाराम भरेका छन् । मंगलबार अन्तिम फाराम भर्ने समय सीमासम्म सो संख्याका आवेदकले फाराम भरेको लोकसेवा आयोगका प्रवक्ता किरणराज शर्माले जानकारी दिए ।

खुलातर्फ चार लाख ३४ हजार सात सय ६४, महिला एक लाख तीन हजार पाँच सय ६७, जनजाति ४३ हजार तीन सय २६, मधेशी २४ हजार ९०, दलित तीन हजार ९१ र अपांग एक सय ४६ र पिछडिएका एक सय १६ ले आवेदन दिएका छन् । पाँच सय १५ स्थानीय तहका लागि नौ हजार एक सय ६१ कर्मचारी माग गर्दै आयोगले गत जेठ १५ देखि असार १७ गतेसम्म आवेदन माग गरेको थियो ।

आयोगका अनुसार ती आवेदनबाट १४ करोड चार लाख ११ हजार एक सय ५० राजश्व संकलन भएको छ । आयोगले स्थानीय तहको कर्मचारीको पदपूर्तिका लागि साउनको पहिलो सातादेखि परीक्षा सञ्चालन गर्ने जनाएको छ । सर्वोच्च अदालतले गत सोमबार विज्ञापनसम्बन्धी परेको रिटमा सुनवाई गर्दै आयोगलाई परीक्षा सञ्चालन गर्न आदेश दिएको थियो ।

सौर्य दैनिकबाट

प्रतिक्रिया दिनुहोस्