प्रचण्ड बोल्दा पत्रकारको हुटिङ, पत्रकारलाई सेना जस्तै आदेश पालक बन्न निर्देशन


१४ असोज ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस सेन्टर नेपालको बन्दशत्रमा सम्बोधन गर्दा होहल्ला भएको छ ।

१० वर्षपछि पहिलो पटक नेतृत्व छनोटका लागि राजधानीको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा जारी प्रेस सेन्टर नेपालको एकताको पहिलो महाधिवेशनको बन्दसत्रमा प्रचण्डले सम्बोधन गर्दा होहल्ला भएको हो । प्रचण्डले बन्दशत्रमा पत्रकारहरुलाई सेनाले जस्तै गरी आदेश पालना गर्न निर्देशन दिएका थिए ।

माओवादी सरकारमै रहेका बेला भएको महाधिवेशनमा सहभागी पत्रकारहरुलाई उत्साहित बनाउँदै प्रचण्डले माओवादी नेतृत्वकै सरकारले ३ वटा निर्वाचन गर्ने भन्दै चुनावमा पार्टीलाई जिताउन पार्टीको आदेशपालकको भूमिका निर्वाह गर्न आग्रह निर्देशन समेत दिए ।  उनले प्रेस सेन्टरका सबै पत्रकारले एउटै ‘यूनिफर्म’ पोशाक लगाएको देख्दा आफूलाई जनमुक्ति सेनाको झल्को लागेको समेत बताएका थिए ।

उनी सम्बोधनका क्रममा ठूला सञ्चारगृहसँग रुष्ट बनेका थिए । माओवादी नेतृत्वको सरकारले गरको राम्रा कामलाई उपेक्षा गरेको भन्दै ठूला एउट बर्गको कब्जामा रहेको समेत आरोप लगाए ।  सम्बोधनकै क्रममा प्रचण्डले निर्वाचन प्रक्रिया नभई सहमतिमा नेतृत्व छनोट गर्ने आसय व्यक्त गर्दा हलमा ‘हुटिङ’ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्