हाइड्रो पावरको चरम लापरबाहीः विद्यालयबाट फर्केका बालबालिकालाई करेन्ट लाग्यो, अवस्था गम्भिर


दोलखा, २७ जेठ । दोलखाको जिरी नगरपालिका वडा नम्वर १ श्यामामा जलविद्युत आयोजनको प्रसारण लाईनबाट करेन्ट लागेर दुई स्कुले विद्यार्थी गम्भिर घाईते भएका छन् । केही महिना अघि मात्रै निर्माण सम्पन्न भएको गर्जाङ भ्याली हाईड्रोपावर बाट उत्पादित विजुलीको प्रसारण लाईन रुखमा बाँधेर लगिएपछि विद्यार्थीलाई करेन्ट लागेको हो ।
स्थानीय गर्जाङढुंगा माविमा अध्ययन जिरी नगरपालिका २ भष्मे निवासी निमावाङछु शेर्पाकी १६ वर्षीया छोरी दालमु शेर्पा र सोही स्थानका मंगले शर्पाका १३ वर्षीय छोरा विकु शेर्पा गम्भिर घाईते भएका हुन् । विद्यालय गएर घर फर्किदै गर्दा जिरी नगरपालिका वडा नम्वर १ र २ को सिमानामा पर्ने रावुटार सामुदायिक वन क्षेत्र नजिकै उनीहरुलाई करेन्ट लागेको हो ।
करेन्ट लागेर दुवै विद्यार्थीको शरीरको पछाडीपट्टिको भाग पुरै जलेको र अवस्था गम्भिर रहेको छ ।स्थानीयबासिका अनुसार गर्जाङ हाईड्रो मार्फत उत्पादित विजुलीलाई जिरी सवस्टेशनसम्म जोड्ने प्रसारण लाईनको एउटा विद्युतीय पोलको स्टेकवायर काँचो रुखमा बाँधिएको र सोही कारण विद्युत जमिनसम्म प्रवाह भई घर फर्किदै गरेका विद्यार्थी दुर्घटनामा परेका हुन् ।
प्रसारण लाईनमा लापरवाही भएको जनगुनासो आउदा पनि जिरी नगरपालिका – १ का वडाअध्यक्ष लाक्पा शेर्पाले अटेर गरि उक्त दुर्घटना भएको स्थानीयले बताए ।
उक्त हाइड्रोपावर आफ्नै स्वामित्वमा रहेको कारणले पनि शेर्पाले बेवास्ता गर्ने गरेको भन्दै स्थानीय आक्रोशित भएका छन् ।
नगरपालिका भएपनि घटनास्थल सम्म एम्बुलेन्स पुग्न नसकेकोले गर्जङ्ढुङ्गा मा. बि. पुनर्निर्माण गरिरहेको निर्माण कम्पनीको बोलेरो द्वारा एम्बुलेन्स भएको ठाउँसम्म उद्दार हुँदा घाइते लाई अस्पताल सम्म पुर्याउन सकेको हो । घाइतेहरुको काठमाडौको नर्भिक अस्पतालमा उपचार भइरहेको जिरी नगरपालिका २ का अध्यक्ष ङिमपाल्दे शर्माले जानकारी दिए । उनले सो क्षेत्रमा विद्युतीय करेन्टका कारण बालीनाली पनि नष्ट भएकाले आफ्नो गम्भिर ध्यानआकर्षण भएको बताएका छन । उक्त क्षेत्रमा विद्युतीय तारहरु छरिएर रहेकाले सम्बन्धित निकायलाई छिटो भन्दा छिटो यसको व्यवस्थापन गरि दोषिलाई कारबाही गर्नुपर्ने स्थानीयले माग गरेका छन ।

प्रतिक्रिया दिनुहोस्