प्रधानमन्त्री केपी ओलीद्धारा चीन भ्रमण र एजेन्डाबारे संसदलाई जानकारी


काठमाडौ, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारदेखि हुने चीन भ्रमणबारे संसदलाई जानकारी गराएका छन। सोमवार  बसेको संसद बैठकमा सम्बोधन गर्दै ओलीले चीन भ्रमणबारे जानकारी दिएका हुन।
प्रधानमन्त्रीले चीन भ्रमणमा राष्ट्रपति सि जिन पिङसँग पनि भेटवार्ता गरिने बताए । भ्रमणमा चिनिया पक्षसँगको भेटमा नेपालको व्यापार घाटा, उर्जा, रेलका विषयमा दुईपक्षीय सम्झौता र हस्ताक्षर हुने बताए । चीनबाट पर्यटनमा बढी सहयोग कसरी लिन सकिन्छ भन्ने कुरालाई ध्यानमा राखेर विषय उठान गरिने प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्रीले भने ‘सिमावर्ती क्षेत्रका सम्बन्धमा पनि केही कुरा हुनेछन, आफ्नो भ्रमणका अवसरमा दुई पक्षीय बीच गरिने छलफल र समझदारी मुलुकको हित र स्वाभिमानको पक्षलाई ध्यानमा राखि गरिने छ’ ।प्रधानमन्त्रीले राष्ट्रिय विकासे योजनालाई चीनको के कस्तो सहयोग रहने त्यस विषयमा छलफल हुने बताए । ओली मंगलबार जम्बो प्रतिनिधिमण्डलसहित चीनको ६ दिने औपचारिक भ्रमणमा जाँदैछन् । प्रधानमन्त्रीको चीन भ्रमणका अवसरमा तान्स हिमालय कनेक्टीभिटिलाई मुर्त रुप दिन केही महत्वपुर्ण सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ ।
त्यसमध्ये बर्षा याममा अवरुद्ध हुदै आएका नेपाल–चीन नाका सञ्चालन गर्ने विषयमा सहमति गर्ने तयारी भएको पजनाएको छ । वर्षाको समयमा ति नाका अवरुद्ध हुँदा सामान ढुवानी गर्न समस्या हुँदै आएको छ । त्यस्तै नेपाल चीन जोड्ने महत्वपुर्ण नाका तातोपानी नाका समेत आगामी मे महिनाबाट खुलाउने विषयमा नेपाल र चीनबीच छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्