एसर्इर्इ नतिजा आज


काठमाडौं, ९ असार ।

माध्यमिक शिक्षा परीक्षा (एसर्इर्इ) परीक्षाको नतिजा आज आउने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनका लागि तयारी पूरा भएको जनाएको छ । परीक्षा नियन्त्रक अम्बिका रेग्मीले सबै तयारी पूरा भएकाले दिउँसो नतिजा सार्वजनिक गर्न लागिएको बताए ।

परीक्षामा २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा गरी ५ लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी भएका  थिए । एसईई परीक्षाा गत चैत आठ गतेदेखि सञ्चालन भएको थियाे ।

गत चैत महिनामा संचालित परीक्षाको नतिजा सार्वजनिक गर्न परीक्षा नियन्त्रण कार्यालयले दिउँसो ३ बजे बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्