६ दिने चीनको भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फर्किए


काठमाडौ, १० असार । छिमेकी मुलुक चीनको ६ दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आइतवार स्वदेश फर्किएका छन् ।
प्रधानमन्त्री ओली आइतवार बिहान १०ः१५ बजे स्वदेश आइपुगेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले स्वागत गरेका थिए ।
प्रतिनिधि मण्डलले चीन भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली खछ्याङ लगायतका उच्च राजनीतिक भेटवार्ता गरेको थियो ।

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा केरुङ्ग–काठमाडौं रेलवे कनेक्टिभिटीमा सहकार्य, नेपालले कार्गो यातायताका लागि तिब्बतीयन राजमार्ग उपयोग गर्ने सम्बन्धी प्रोटोकल, तातोपानी र रसुवामा मितेरी पुल पुननिर्माण, उर्जा, आर्थिक, प्राविधिक लगायत विषयमा समझदारी भएको थियो ।
त्यसक्रममा राष्ट्रपति सीको उपस्थितिमा चिनियाँ निजी क्षेत्रसँग ९ र प्रधानमन्त्री लीसँग १४ बुँदे सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्