सांसद र कार्यकर्ता भेटघाट गर्न प्रधानमन्त्रीले यस्तो बनाए कार्यतालिका(समयसहित)


काठमाडौं, १२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद तथा पार्टीका कार्यकर्ताहरुसँगको सम्बादका लागि कार्यतालिकै बनाएर नियमित भेटघाटको समय व्यबस्थापन गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालयद्वारा जारी विज्ञिप्तिका अनुसार प्रधानमन्त्री ओलीले प्रत्येक शुक्रबार राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरुसँग भेटघाट गर्नेछन् । प्रदेशगत रुपमा पालैपालो सांसदहरुले अपरान्ह् ३ बजेदेखि ५ बजेसम्म सिंहदरबारस्थित कार्यालयमा भेटघाट गर्ने प्रेस संयोजक चेतन अधिकारीले जनाएका छन् ।
त्यस्तै, नेकपाका कार्यकर्ताहरुसँग भने प्रत्येक महिनाको १ गते र १५ गते पार्टी केन्द्रीय कार्यालय धुम्बाराही र पेरिसडाँडामा ११ बजेदेखि दिउँसो १ बजेसम्म पालैपालो भेटघाट गर्नसक्नेगरी समय व्यबस्थापन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्