कैलाश मानसरोबर यात्रामा गएका १६ सय भारतीय तीर्थयात्री अलपत्र


काठमाडौ, १९ असार । हिन्दुहरुको पवित्र तीर्थस्थल कैलाश मानसरोबर यात्रामा गएका झण्डै १६ सय भारतीय तीर्थयात्री तिब्बती क्षेत्रमा अलपत्र परेका छन् । अविरल वर्षाका कारण सडक अवरुद्ध हुँदा करिव पाँच सय तिब्बती क्षेत्रमा र बाँकी सिमिकोट तथा हिल्सामा रोकिएका हुन् ।

काठमाडौंस्थित भारतीय दूतावासका अनुसार ५ सय २५ तीर्थयात्री सिमिकोट र ५ सय ५० हिल्सामा रोकिएका छन् । उनीहरुका लागि खाद्यान्न र बस्ने व्यवस्थाका लागि आफ्ना प्रतिनिधिहरु त्यसतर्फ लागेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरुलाई सुर्खेत, जुम्ला, मुगु हुँदै वा सेनाको हेलिकोप्टरबाट उद्दार गर्ने प्रयास भइरहेको छ ।

हिल्सामा रहेका तीर्थयात्रीहरुका लागि उपलब्ध भएसम्म खाना र आवासको व्यवस्था गर्न हिल्ला चेकपोष्टस्थित प्रहरीलाई आग्रह गरिएको दूतावासले जनाएको छ ।

भारतीय दुतावासको विज्ञप्ती हेर्न यहाँ क्लिक गर्नुहोस https://www.indianembassy.org.np/

प्रतिक्रिया दिनुहोस्