सरकारले शोषक सामन्ती व्यापारीहरुलाई सहयोग गर्योः पूर्वप्रधानन्यायाधीश कार्की


काठमाडौ, १९ असार । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले माइतीघर मण्डला लगायतको स्थानमा प्रदर्शनमा रोक लगाएकोमा विरोध गरेकी छिन ।
राजधानीमा मंगलबार आयोजित कार्यक्रममा उनले माइतीघर मण्डला लगायतको स्थानमा प्रदर्शनमा रोक लगाएकोमा विरोध गरेकी हुन ।
डा.गोविन्द केसीले गरीब जनताको छोराछोरी र तिनको स्वास्थ्यका लागि लडेको भन्दै उनले प्रश्न गरिन् ‘के यो नाजायज हो र ?’
केदारभक्त माथेमा आयोगको प्रतिवेदन विपरीत चिकित्सा शिक्षा विधेयक ल्याएर सरकारले शोषक सामन्ती व्यापारीहरुलाई सहयोग गरेको भन्दै पूर्वन्यायाधीश कार्कीले भनिन् ‘तपाईं त सामन्ती हुनुहुँदो रहेछ ।’

प्रतिक्रिया दिनुहोस्