आन्दोलन कांग्रेसको रहर होईन बाध्यता: सभापति देउवा


नवलपरासी, १२ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्दोलन कांग्रेसको रहर नभई बाध्यता भएको बताएका छन् ।

गैडाकोटमा शनिबार शुरु भएको नेपाल डेमोक्र्याटिक लयर्स एसोसियसनको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै देउवाले आन्दोलन कांग्रेसको रहर नभई सरकार आफैंले निम्तो दिएपछि आन्दोलनको विकल्प नभएको बताएका हुन् । उनले सरकारका एकपछि अर्का कदम र निर्णयले आन्दोलन गर्नु परेको बताए । उनले भने, ‘मैले प्रधानमन्त्री केपी ओलीलाई पनि भेटेर भनेको छु, कन्र्फन्टेसनमा जाने हो कि मिलेर जाने रु’

कम्युनिष्टहरु स्वभावले नै प्रजातान्त्रिक हुन नसक्ने बताउँदै देउवाले भने, सरकार अधिनायकवादतर्फ जाँदैछ, ‘‘हामी त्यसलाई संविधान र कानुनमा टेकेर रोक्ने प्रयास गर्दैछौं ।

उनले गएको निर्वाचनमा कांग्रेस भित्रको अन्र्तघातका कारण पार्टी पराजित भएको बताए । ‘कम्युनिष्टहरु दुई पार्टी एक भए, हामी चै भने दुई पार्टी झै भयौं’ देउवाले भने, ‘अन्तरघातका कारण २५ देखि ३० सिटसम्म हारेका छौं ।

प्रतिक्रिया दिनुहोस्