राज्यको त्रुटिले एकल महिला निताको बेहाल


दोलखा, २८ साउन । बैतेश्वर गाउँपालिका ६ खनियाँचौरकी निता घिमिरेले भुकम्प गएको वर्षौ वितिसक्दा पनि राहत पाएकी छैनन् । भुकम्प पीडित लाभग्राहीको गुनासो फारम पटक पटक भरेर पठाएपनि उनको नाम लाभग्राहीको सुचीमा अझै पर्न सकेको छैन । २०७२ सालमा गएको विनासकारी भुकम्पका कारण घर पुर्ण रुपमा क्षति भएपनि उनलाई प्राविधिकले आंशिक क्षतिको विवरणमा राखेका थिए ।

त्यसै कारण उनि भुकम्प पीडितको लाभग्राही सुचीमा परिनन् । २०७२ सालमा टहरोको चिसोले उनका पति ४५ वर्षिय घिमिरेको ज्यान गयो । उनलाई हल्का रुगाखोकी लागेको निताले बताईन्  । उनले भनिन् ‘भुकम्पले घर भत्कियो वस्ने, सुत्ने ठाँउ थिएन् छोरा छोरी धेरै भएको र दाताले दिएको कपडाले उनिहरुलाई वचाउँन लागियो आफु त्यसै सुतियो, त्यही कारण चिसो अत्याधिक वढ्यो उनको मृत्यु भयो ।’ उनको परिवार पहिल्यैदेखि विपन्न हो । उनका श्रीमानले ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका थिए । उनका पतिको मृत्यु भएपछि पाँच छोराछोरीको लालानपालन गर्ने जिम्मेवारी उनलाई थपियो । भुकम्पले क्षति भएको घर हेरीदिन उनले पटक पटक गाउँमा आएका प्राविधिक र जनप्रतिधिलाई आग्रह गरिरहन्छिन् । उनिहरुको जवाफ आउँछ तपाईको घर मर्मतको लागि सिफारिस गरिएको छ, अव राहत पाउँनुहुन्छ ।

तर अहिलेसम्म पुर्ण क्षति भएको उनको घर मर्मतको लागि समेत राहत पाएकी छैनन्। गाउँमा कोही नयाँ मान्छे देख्यो कि भुकम्पपिडितको सुचीमा आफुलाई पारिदिन हारगुहार गर्दै हिड्ने उनले भनिन, ‘सरकारी राहत पाए आफुपनि अरुको जस्तै घर वनाएर छोराछोरी राख्थे ,यो वर्खा पनि त्यसै वित्यो ।’ छिमेकीका जस्तै घर वनाउने सपना देखेकी उनको सरकारी अनुदान नआएपछि पुरा हुन सकेको छैन्। उनका छिमेकी सवैले गत हिँउदमा नै घर वनाएर न्यानो र सुरक्षित घरमा सरिकेका छन् । ४२ वर्षीया एकल महिला निता भने अहिलेसम्म आफनो नाम लाभग्राहीको सुचीमा पार्न भौतारीरहेकी छिन् । वडा अध्यक्ष लगाएतका जनप्रतिनिधिलाई भेटेर लाभग्राहीको सुचीमा पारिदिन अनुरोध गरिरहेको उनले बताइन् । वैत्यश्वर खनियाचौरबासी पार्वती( निता) घिमिरे वडाकै बिपन्न परिवार भएको छिमेकी यज्ञ प्रसाद घिमिरेले बताए । उनले भने ‘उनीहरु पहिलादेखि विपन्न हुन् उनीहरुको भएको घर २०७२ को भुकम्पले पूर्ण क्षति बनायो । भूकम्पले घर भत्किएपछि जस्ताको टहरो र पालमा बस्दै आएका उनका पतिको चिसोको कारण निधन भयो। उनको आफ्नै खर्चमा घर बनाएर बस्ने अबस्था छैन । सरकारी अनुदान पनि पाएकी छैनन् ।

छिमेकी घिमिरेका अनुसार, घरको क्षतिको विवरण लिन प्राबिधिक २ पटक आएको तर क्षति भएको सिफारिस गरेनन् मर्मतमा मात्र नाम पठाए । नेकपा स्थानीय नेता तथा समाजसेवी धुव्र आर्चयले भने ‘प्राबिधिकले घरको अवस्था देखेर पनि मुल्याङकन गर्नुपर्ने हो तर पीडितको  पक्षमा प्राविधिक बोल्नेछन  । आफुले पनि स्थानीय प्रतिनिधि छन् भन्ने भयो त्यतातिर ध्यान दिएन तर गाँउमा सवैका घर वनिसकेको अवस्थामा उनि मात्र राहत माग्न भौतारिनु विडम्वना हो । उनले भने ‘कुनै परिवारको सदस्यपिछे  राहत आयो तर विपन्न  एकल महिला निताको नाममा राहत नआउनु कति अन्याय हो ।’ उनलाई राहत दिलाउँन आफुले सम्वन्धित पक्षलाई ध्यानकर्षण गराएको आर्चयले वताए । वैतेश्वर गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले निता घिमिरेको घर पूर्ण क्षति भएपनि प्राविधिकको त्रुटिका कारण आंशिक क्षति सिफारिस गरेकाले क्षतिको राहत नपाई मर्मतको मात्र आएको बताए । उपाध्यक्ष आचार्यले घिमिरेको घर पूर्ण क्षतिमा लेखाएर पठाइसकिएकाले पूर्ण क्षतिकै ३ लाख पैसा आउने बताए ।

प्रतिक्रिया दिनुहोस्