प्रदेशसभामा प्रधानमन्त्रीको आग्रह : विकासका लागि संघर्ष होईन सहकार्य


जनकपुर, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को विकासका लागि केन्द्रिय सरकारले पूर्ण सहयोग गर्ने बताएका छन् । शनिवार जनकपुरधाममा प्रदेशसभालाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले यो सरकारको धेरै विरोध प्रदेश २ मा भएको भन्दै सरकार के रहेछ’ विकास गरेपछि थाहा पाउने बताए ।

उनले मुलुक विकासका हरेक क्षेत्रमा अगाडि बढिरहेको बताउँदै त्यसका लागि योजनाबद्ध ढंगले केन्द्रिय सरकार अगाडि बढेको समयमा प्रदेश सरकार र जनप्रतिनिधिलाई चुनावको समयमा जनतालाई दिएको वचन पूरा गर्न आग्रह गरे ।

जनतालाई दिएको वचन पूरा नभए जनतामा निरासा आउने, त्यो अत्यन्तै खतरनाक हुने भन्दै सचेत भएर जनचाहाना पूरा गर्न आफु लागिपरेको बताए । उनले भने,जनतालाई दिएको वचनलाई अत्यन्तै ध्यान दिनुपर्छ । वचनलाई इमानदारीताका साथ पूरा गछौ भनेर चुनीएर आएकाले सार्थक रुपम पूरा गर्न लाग्नुपर्छ उनले भने,संघीयता नयाँ अभ्यास भएकाले केही समस्या आउन सक्छ, प्रदेश २ लाई संघर्ष होइन, सहकार्य गर्न आग्रह गर्दछु ।

प्रतिक्रिया दिनुहोस्