महिलाले उत्पादन गरेका हस्तकला सामाग्रीको वजार व्यवस्थापनमा अनेमासंघले सहयोग गर्ने


काठमाडौ, ६ भदौ । हस्तकलाको सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अखिल नेपाल महिला संघ सहकारी तथा गरिबी निवारण विभाग र मदन भण्डारी फाउन्डेसनको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा काठमाडौ, भक्तपुर र ललितपुर जिल्लाका हस्तकला व्यवसायी महिलाहरुको सहभागिता रहेको थियो । अनेमासंघ गरीबी निवारण विभाग कि प्रमुख शर्मिला कार्की को अध्यक्षतामा भएको कार्यक्रममा हस्तकला व्यवसायी अन्जना श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेकी थिईन । प्रमुख शर्मिला कार्कीले महिलाहरुले आफ्नै घरमा वसेर उत्पादन गरेका हस्तकला सामाग्रीको वजार व्यवस्थापनमा सहयोग अनेमासंघले गर्ने बताईन । उनले भनिन, महिलाहरुले उत्पादन गरेका सामाग्रीलाई सरकारका विभिन्न तह सम्म पुर्‍याई महिला दिदिबहिनी हरुको जीवन स्तर उकास्न गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्