कृषकलाई औषधि ट्याङ्की


 

तुलसीपुुर, १५ भदौ । तुलसीपुर उपमहानगरपालिका–१ ले कृषि प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषकलाई बालीमा औषधि हाल्ने ट्याङ्की वितरण गरेको छ । कृषकको बाली सुधार गर्न र उत्पादन बढाउनका लागि वडामा रहेका २१ टोल विकास संस्थालाईे ट्याङ्की वितरण गरिएको होे ।

वडाध्यक्ष लक्ष्मण भण्डारीले वडामा व्यावसायिक कृषि प्रणालीको विकासका लागि अन्य कार्यक्रम पनि सञ्चालन गरिने बताए। ट्याङ्की पाएपछि उत्साहित किसानलाई व्यावसायिक खेतीमा अगाडि बढ्न हौसला मिलेको छ । कृषक देवी अर्यालले किसानलाई सरकारले थप सहयोग गर्नुपर्ने बताउँदै ट्याङ्की पाएर आफूहरू निकै खुशी भएको बताए।

उक्त उपमहानगरपालिकाले वडामा रहेका २१ वटै टोल विकास संस्थाका प्रतिनिधिलाई टोल विकास संस्थाको गठन, परिचालन, काम कर्तव्य र अधिकारका बारेमा तालीम पनि दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्