कन्चनपुरमा फेरी अर्की किशोरी सामुहिक बलात्कारको सिकार


कन्चनपुर १५ भदौ । निर्मला पन्तको हत्यारालाई कारर्वाहीको माग राख्दै भएको आन्दोलन सेलाउन नपाउँदै कन्चनपुरमा फेरी अर्की किशोरी बलात्कृत भएकी छिन् ।
बेल्डाँडी गाउँपालिकामा बिहीबार राति किशोरी बलात्कृत भएको प्रहरीले जनाएको छ । पीडित किशोरीले इलाका प्रहरी कार्यालय, बेल्डाँडीमा दिएको उजुरीमा उनीमाथि सामूहिक बलात्कार भएको उल्लेख गरिएको छ ।प्रहरीका अनुसार किशोरीलाई एक युवकले , मोटरसाइकलमा लगेर बलात्कार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्