यती एयरलाइन्सको विमान दुर्घटना,यात्रु सकुशल


काठमाडौं, १६ भदौ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यती एयरलाइन्सको विमान दुर्घटनामा परेको छ। नेपालगंजबाट काठमाडौका लागि उडेको जेट स्ट्रिम विमान अवतरण गर्ने क्रममा रनवेबाट चिप्लिएको हो।

विमानमा २१ जना यात्रु रहेकोमा सबै यात्रु सकुशल रहेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले बताए। चिप्लिएको विमानलाई रनवेमा ल्याउने प्रयास भइरहेको क्षत्रीले बताए।

प्रतिक्रिया दिनुहोस्