मानवबेचविखन विरुद्ध भूमिका खेलेका ६ जना सम्मानित


काठमाडौ, २० भदौ ।पत्रकार लोग्शरी कुँवरसहित ६ जना सहित सम्मानित भएका छन । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले पत्रकारिता मार्फत मानव बेचबिखन विरुद्ध जागरण, नियन्त्रण तथा पुनः स्थापनामा भूमिका खेलेको भन्दै दश हजार नगदसहित उनीहरु सम्मानित भएका हुन ।
सम्मानित हुनेहरुमा सिरहाकी महिला बालबालिका अधिकृत शुसीला चौधरी, सिभिन नेपाल, कान्तिपुर दैनिकका बाँके संवाददाता ठाकुर सिंह थारु, शक्ति समुहकी बालकुमारी दर्लामी, जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी सहायक निरिक्षक तनुजा श्रेष्ठ छन । त्यस्तैगरि कदर पत्रले सम्मानित हुनेहरुमा महिला कानुन र विकास मञ्ज, माइती नेपालकी सहजकर्ता अम्बिका नेपाली, सुनसरीकी पत्रकार निलिफा सुब्बा, रेडियो विरगंजकी पत्रकार सिमा श्रीवास्तव रहेका छन ।
१२ औं राष्ट्रिय मानव बेचबिखन दिवसको अवसर पारेर मन्त्रालयले बुधवार काठमाडौंमा आयोजना गरेको विशेष कार्यक्रममा महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापा र प्रदेश नम्बर ३ की प्रमुख अनुराधा कोइरालाले सम्मान पत्रसहित पुरस्कार प्रदान गरेका छन ।

प्रतिक्रिया दिनुहोस्