पार्लियामेन्टरियन फोरम फर इभ्यालुयसन अवार्ड २०१८ बाट पुर्व मन्त्री पोखरेल सम्मानित


काठमाडौ, २ असोज । पुर्व संस्कृती पर्यटन तथा नागयरिक उड्यन मन्त्री आनन्द पोखरेल ग्लोबल पार्लियामेन्टरियन फोरम फर इभ्यालुयसन अवार्ड २०१८ बाट सम्मानित भएका छन् । ग्लोबल पार्लियामेन्टरियन फोरम फर इभ्यालुयसनद्वारा श्रीलंकामा आयोजित इभ्याल कोलम्बो कार्यक्रममा विश्वाव्यापी रुपमा इभ्यालुयसनलाई स्थापित गर्न र नेपालको संविधानमा इभ्यालुयसनको बिषयलाई समावेस गराउँदै नेपाल सरकारलाई पनि यस मुद्दामा आत्मसात गराउन सफल भएको भन्दै सो अन्तर्राष्ट्रिय अर्वाडबाट सम्मानित भएका हुन् ।
श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमा सिंहेद्वारा पूर्व मन्त्री पोखेरेललाई इभ्यालुयसन अवार्ड २०१८ बाट सम्मानित गरिएको हो ।

सन् २०१३ मा नेपालबाट पुर्वमन्त्री आनन्दप्रसाद पोखरेल श्रीलंकाबाट यातयात,उच्च शिक्षा र लगानी मन्त्री कविर हसन लगायतले प्रारम्भ गरेको पार्लियामेन्टरियन फोरम फर इभ्यालुयस आज विश्वका ७० देशमा फैलिएको छ ।

पूर्व मन्त्री पोखरेलले यस फोरमलाई विश्वव्यापी बनाउन महत्वपूर्ण भूमिका खेल्नुका साथै नेपालको संसद तथा संविधान सभामा इभ्यालुयसनको विषय स्थापित गरी संविधानमा इभ्यालुयसनको दफामा समावेसीता लैङ्गिक समानता, सुशासन र परदर्शिताको बिषयलाई समावेस गराउन सफहुनु भयो । साथै नेपाले इभ्यालुयसनको एकिकृत राष्ट्रिय कार्ययोजना २०१६मा निमार्ण गरी यसलाई कार्यान्वयनको तहसम्म पु¥याउई दिगो विकास लक्ष्य २०३० लाई हाँसिल गर्नको लागि महत्वपूर्ण भूमिका रहेकोले उनलाई सम्मान गरिएको कम्यूनिटी इभ्यालुएटर्स अफ साउथ एशियनका अध्यक्ष गणपती ओझाले बताए ।
पोखरेल, ग्लोबल पार्लियामेन्टरियन फोरम फर इभ्यालुयसनका संस्थापक सदस्य तथा कार्यसमिति सदस्य छनु भने पार्लियामेन्टरियन फोरम फर इभ्यालुयसन अफ नेपालका संयोजक पनि हुन् । trophy

 

प्रतिक्रिया दिनुहोस्