श्रीकृष्ण प्रणामीयुवा परिषदको अध्यक्षमा नमराज ढकाल


काठमाडौ, २ असोज । श्रीकृष्ण प्रणामी युवा परिषदको १२ औँ अधिवेशन सम्पन्नभएको छ । सो अधिवेशनबाट नमराज ढकालको नेतृत्वमा २१ सदस्यी कमिटी चयनभएको छ । काठमाडौँको गोठाटारमाशनिबारबाट दुई दिनसम्मचलेको सो अधिवेशनबाट अध्यक्षमा ढकाल निरर्बिरोध भएकाहुन् ।

उपाध्यक्षमाक्रमशः यज्ञप्रसाद ढकाल (मोरङ), कौशलफुयाँल (काठमाडौँ), जगदिशचन्द्र शर्मा (चितवन), महासचिवमा सुमन पुडासैनी (चितवन), सचिवमा टंकप्रसाद ओझा, कोषध्यक्षमा सुजन सुवेदी र सह–कोषाध्यक्षमाकमलकृष्ण केसी निर्वाचितभए ।

सदस्यहरुमाक्रमशःइन्द्रप्रसाद दहाल, अनिल कोइराला, गंगालालश्रेष्ठ, छविलाल थपलिया, कमल कोइराला, उद्धव केसी, नमराजगौतम, रितुदेवी सापकोटा, विष्णुप्रसाद वाग्ले , पर्शुराम सापकोटा, यदु कुमारी वाग्ले, उमेश प्रधानविजयीभए ।

विजयीपछि कार्यक्रमलाई सम्वोधनगर्दै अध्यक्ष ढकालले आफ्नो कार्यकालमा संस्थालाई सुदृढ बनाउने बताए । उनले युवाक्षमताको विकास, सीपविकाससँगै सूचना र प्रविधिमैत्रीबनाउने पनिबताए। उनले स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमाकामगर्ने प्रतिबद्धता ब्यक्तगर्दै विपन्न परिवारका बालबाच्चालाई छात्रावृद्धिमार्फत शिक्षाको पहुँचपुर्याउने बताए ।

नवनिर्वाचितअध्यक्ष ढकालले परिवार, समाजको र राष्ट्रको सम्पत्तिको रुपमालिइने युवाहरु आजविकारी, विसंगती र संस्कारको कमीले दुव्र्यसनी र कुलतको शिकार भइरहेको वर्तमान सन्दर्भमायुवा परिषदले उनीहरुलाई नैतिक तथा आध्यामिक शिक्षाको माध्यमबाट सुसंस्कृत बनाउँदै आर्थिक रुपमा आत्मनिर्भर बनाउन स्वदेशमै पेशा, रोजगारीको सुनिश्चितता गर्ने उद्देश्यले शीप विकास, उद्यमशिलता विकास र अन्य क्षमता विकास सम्बन्धी तालिम कार्यक्रमहरु देशव्यापी रुपमा सञ्चालनगरिने पनिबताए ।

आध्यामिकदर्शन र मुलुकभित्र ठूलो संख्याअनुयायी रहेको धर्म र संस्कृतिको संरक्षण र विकासमा राज्यकाकुनै पनिनिकायएवं ३ वटै तहको सरकारी संयन्त्रबाट समेत कुनै ध्याननदिएकोमा राज्य पक्षसँग गुनासो गर्दै अध्यक्ष ढकालले आगामी दिनमा युवा वर्गलाई नैतिकवान र अनुशासित बनाउन र शान्तएवं सुखी नेपाली समाजनिर्माण गर्न अध्यात्मिकदर्शनको र धर्म संस्कृतिको सम्बर्धन एवं विकासमाजोड दिन सरकारको ध्यानाकर्षण गरे ।

राष्ट निर्माण र सामाजिक विकासमा युवाको योगदानअतुलनीय हुने कुरामा जोड दिदै ढकालले आगामी दिनमा युवालाई विपत व्यवस्थापन र सामाजिक विकासका विविध गतिविधिमा प्रभावकारी ढंगले परिचालन गरिने कुरा समेत उक्त अवसरमा  ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्