पाँच किलो सुनसहित बालाजुबाट एक पक्राउ


काठमाडौ, १७ असोज । काठमाडौंको बालाजुबाट पाँच किलो सुनसहित एक जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसरका प्रमुख बसन्त लामाका अनुसार बालाजुको तीनपिप्ले भन्ने स्थानबाट पाँच किलो सुन बरामद गरिएको हो ।

उक्त सुन रसुवागढी नाकाबाट भित्राइएको अनुमान गरिएको छ । पक्राउ परेका व्यक्ति भरिया मात्र रहेको र सुन धनी अर्कै रहेको अनुमानमा प्रहरीले अनुसन्धान सुरु गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्