काठमाडौंमा पाकिस्तानी व्यापारमेला सुरु


 

काठमाडौं, १७ असोज । काठमाडौंमा पाकिस्तानी व्यापारमेला सुरु भएको छ ।

त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड टे«ड सेन्टरमा बुधबारदेखि सार्कस्तरीय मेड इन पाकिस्तान व्यापारमेला सुरु भएको हो ।

विगत १० वर्षदेखि यस्तो मेला हुँदै आएको छ । पाकिस्तानको रावलपिन्डी उद्योग वाणिज्य संघले र इस्लामावादस्थित नेपाली दूतावाससँगको सहकार्यमा आयोजित मेलाको नेपालस्थित पाकिस्तानी राजदूत मजहर जावेद र नेपाल–पाकिस्तान मैत्री संगठनका अध्यक्ष हिमालय शमशेर जबराले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।
राजदूत जावेदले भौगोलिकरुपमा पाकिस्तान र नेपाल टाढा रहेपनि दुई मुलकका उद्यमी–व्यापारी र नागरिकबीचको सम्पर्कले पारस्परिक सम्बन्धलाई थप उचाइमा पुरयाएको बताए । अध्यक्ष राणाले ६० वर्ष पुरानो दुइदेशबीचको सम्बन्ध यस्ता व्यापार मेलाले अझ सुदृढ बनाउँदै लैजाने बताए । मेलामा फर्निचर, छालाका सामान, हस्तकला, कपडा, नक्कली गरगहनालगायतका सामाग्री रहेको रावलपिण्डी उद्योग वाणिज्य संघका क्षेत्रीय अध्यक्ष खर्सिद बर्लासले बताए । नेपाल, भारत, वंगालादेश गरी ५० भन्दा बढी स्टल रहेको मेला असोज २३ गतेसम्म सञ्चालन हुने नेपालस्थित पाकिस्तानी दूतावासका पेस संयोजक इनाइड खानले जानकार दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्