भूकम्पपीडितलाई गोयन्का समूहको ९ लाख


काठमाडौ, १९ असोज । गोयन्का समूहले नुवाकोट क्षेत्रका डिलर तथा बिक्रेताको सहकार्यमा सो क्षेत्रमा बिक्री भएको फलामे छड र सिमेन्टको परिमाणलाई आधार मानि भूकम्पपिडितलाई सहयोगार्थ करिब ९ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । नुवाकोट उद्योग वाणिज्य संघमार्फत कार्य गर्ने गरी गोयनका स्टिल्स प्रालिले ६ लाख ३० हजार २ सय ५८ रुपैयाँ र गोयनका सिमेन्ट प्रालिले २ लाख ८५ हजार ७ सय ७० रुपैयाँको चेक उद्योग वाणिज्य संघ नुवाकोटलाई हस्तान्तरण गरेको हो ।
डिलर तथा बिक्रेतालाई धन्यबाद दिँदै गोयन्का समुहका प्रबन्ध निर्देशक अजय गोयनकाले आफनो औद्योगिक समूहबाट भूकम्पपीडितलाई सामाजिक उत्तरदायित्वअन्तगर्त सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्