बालबालिकालाई दशैँ बिदाको सदुपयोग यसरी गराउन सकिन्छ


बिदा खुसी, आनन्दको लाग्ने मन नै उत्साहित बनाउने शब्द हो । एकहप्ता भरिको नियमित काम त्यसबाट उत्पन्न तनाव र थकानबाट मन, मस्तिष्क र शरीरलाई आराम दिँदै मनलाई प्रफूल्ल बनाउनको लागि विदाको व्यवस्था गरिएको हो । त्यसैले बिदालाई मनलाई खुसी र स्वतन्त राख्दै सम्पूर्ण तनावबाट बाहिर निस्कनका लागि उपयोग गर्नु एवम् गर्ने वातारण र अवसर तयार गर्नु गराउनु पर्दछ ।
मानसिक तथा शारीरिक दबाबबाट मुक्त भई मन मस्तिष्क रमाउने गतिबिधि गर्नु, खानपिन, घुमघाम, भेटघाटका साथै केही नयाँ गर्ने अवसर पनि हो बिदा । झनै बालबाबालिकाको लागि बिदा स्वतन्त्रता हो । जब लामो बिदा हुन्छ बालबालिका उत्साहित हुने गर्दछन् । नयाँ ठाउँ घुम्ने, आफन्तसँग भेटघाट गर्ने र सामाजिक कार्यमा सहभागि हुने गर्दछन् । आफ्नो रुची अनुसारको विभिन्न सिर्जनात्मक विधाहरु म्युजिक, गायन, लेखन, चित्रकाल, मूर्तिकला, खाना बनाउने (परम्परागत तथा आधुनिक) खेल सिक्नेको लागि हरेक दिन निश्चित समय छुट्टायर उमंग र उत्सुकताका साथ सिक्न सक्नेछन् । यी र यस्ता सिर्जनात्मक सिकाई कुनै केन्द्रमा तथा साथीहरु मिलेर पनि गर्न सक्नेछन् ।
साथीहरुको बीचमा रमाउने, सपरिवार जन्म घरमा जाने, आफन्तसँगको भेटघाट । हजुरबुबा हजुरआमाबाट पुराना कुराहरुको ज्ञान लिने । समाज र समुदायका संस्कार रितिरिवाजको बारेमा आफै सहभागि हुँदै सिक्ने सुवर्ण अवसर पनि हो । यी र यस्ता गतिबिधिमा संलग्नभई रहँदा उनीहरु उत्साहित, र जिज्ञासु भएर गर्ने अवसरको सिर्जना गरिदिनु पर्दछ, न की दबाबको दिएर । स्वतन्त्रता र खुल्ला मनमा सिर्जतात्मक सोचको विकास भएको हुन्छ । यस्तो सिकाईबाट बालबालिकाले अझ बढि ज्ञान, र सीप आर्जन गरिरहेका हुन्छन् ।
हामीकहाँ दशै तिहार छटको बीचमा बालबालिकाको लागि लामो बिदा हुने गर्दछ । यसको भरपूर मनोरञ्जन र स्वतन्त्रताका उपयोग गद विभिन्न ज्ञान र सीप पनि लिईरहेका हुन्छन् । यसलाई अझ मनोरञ्जनात्मक, आरामदायी , स्वतन्त्र र ज्ञानवद्र्धक बनाउन बालबालिका बालबालिका बीच, परिवार र अन्य समूहसँग मिलेर बिदालाई अझ रमाईलो बनाउन सक्नेछन् ।
घुमघाम ः बालबालिकाले परिवार तथा साथीहरुको साथमा विभिन्न ठाउँमा घुम्दै त्यसको संस्कृतिक, प्राकृतिक र मनोरञ्जनात्मक आनन्द प्राप्त गर्दै एतिहाँसिक ज्ञान हाँसिल गरिहेका हुन्छन् । साहासिक यात्रा जस्तै टे«किङ्ग, साइक्लिङ्ग, राप्mटिङ्ग, बन्जी, प्याराग्याडिङ्ग, क्यानोइङ्ग, क्लाईमिङ्ग आदिको आनन्द लिन सक्नेछन् । आ‡आप्नो धर्म संस्कृति अनुसार विभिन्न धार्मिक स्थलहरुको भ्रमण गर्न सक्नेछन् । परिवारका साथमा विभिन्न आफन्तसँगको भेटघाटले सामाजिक सम्बन्ध र यसको महत्वलाई बुझिरहेका हुनेछन् । विभिन्न स्थानमा गएर दृष्याओलनक गर्नु आफैमा रोमान्चित हो । यस्ता कार्यबाट समाज परिवेश, धर्म, सस्कृती, प्राकृतिक स्रोत आदिको बारेमा नजिकबाट आफैले छोएर अनुभवहरु हाँसिल गर्ने सुनौलो अवसर हो । यो नमेटिने सिकाई हुनेछ ।
बिदामा बालबालिकाले सामाजिक गतिबिधिमा संलग्न हुनु जीवनको अर्काे महत्वपूर्ण सिकाई हो । जसले समाज परिवेश र संस्कृतीसँग सजिलै साक्षत्कार गराउँछ । यस्तो अबसरमा अग्रजहरुसँगको उठबसबाट बालबालिकाले आफ्नो संस्कृतीको महत्व बुभ्mनेछन् । आप्mनोपनको अनुभूति गर्ने छन् । सामाजिक गतिविधिमा संलग्न हुँदै विभिन्न खेलहरु आयोजना गर्ने, नाटक तथा सांस्कृतिक कार्यक्रममा संलग्न हुने तथा गर्ने, टोल तथा गाउँको विकास र सरसफाईमा संलग्न भई आफू समुदायको जिम्मेवार व्यक्ति भएको अनुभूति गर्न पुग्दछन् । यसरी सामाजिक गतिविधिमा आफूलाई सरीक गराउँदै जीवनलाई अझ परिस्कृत गर्दै सम्बन्ध परिवेश र समाजसँग साक्षतकार हुने अवसर पाउने छन् ।
यी र यस्ता गतिबिधिमा अभिभावकले संलग्न हुने अबसर र वातावरणको लागि सहजिकरण गरिदिनु हो । हामी अभिभावकहरु विद्यालयले दिएको थग्ने नसकिने प्रोजेक्ट वर्क र होमवर्कको पछि लागेर बालबालिकालाई विदामा थप सकस दिनु हुँदैन । यसो भनिरहँदा विद्यालयले दिएको कार्य नगर्नु नगराउनु भन्न खोजेको होइन त्यसको लागि पनि समयको व्यवस्थापनमा अभिभावकले सहयोग गरिदिनु पर्दछ । अभिभावक सधैं निर्देशन दिने भन्दा पनि नयाँ बिषयको ज्ञान दिने सहयोगी बन्न सक्नु पर्दछ ।
जस्तै उनीहरुको चहाना अनुसारका पुस्तक, फिम, डायरी लेखन, फोटोग्राफि आदिमा पनि सहभागि गराउन सकिन्छ ।
बालबालिकाले हाम्रा सम्पदा, भाषा संस्कृती चाडपर्व आदिका बारेमा पढेका छन् । हरेक चाडपर्व र संस्कृतीको बारेमा कसरी गर्ने र यसको महत्व के हो भन्ने बारेमा बालबालिकालाई सहभागि गराउँदै उनीहरुलाई केही जिम्मेबारी दिएर यस्ता गतिविधिमा लगायौं भने स्वत हाम्रो संस्कृती पुस्तान्तरण हुनेछ । हाम्रा परम्परागत खान बनाउन सिकाउँदै यसको महत्व दर्शाउने । संस्कृति र पुजाको महत्व बुझाउने आदि जीवनको सिकाईको महत्व पूर्ण पक्ष हो ।
दशै तिहारमा हामी लुगा किनिदिने प्रचल छ । त्यसमा उनीहरुलाई नै कती बराबरको सामग्री किन्ने हो कती पैसा छ सोको जानकारी गराएर बजारमा सामान छनौट र किन्ने ज्ञान दिनु अर्काे महत्वपूर्ण सिकाई हो ।

यस्तो लामो विदामा आफूलाई चाहिने भन्दा बढि स्वतन्त्रताको दुरुपयोग गरी साथीहरुको संगत तथा गतल व्यक्तिहरुको बहकाउमा किशोरकिशोरीले लागु तथा नसालु पदार्थको प्रयोगमा पनि पर्न सक्ने सम्भाबना उत्तिकै छ । किशोरावस्था आफैमा नयाँ केही गरौं, चाखौं भन्ने विशिष्ठ उमेर हो । त्यसैले अभिभावकले सधै सचेत र उनीहरुका गतिबिधिको सुस्म अनुगमन गरी उनीहरुलाई त्यस्तो व्यवहारमा लाग्नबाट जोगाउन पनि सिर्जनात्मक कार्य र सामाजिक कार्यमा लाग्न प्रेरित गर्नु पर्दछ । यसरी कुनै पनि कार्यमा लाग्नको लागि उनीहरुलाई प्रेरित गर्ने उनीहरुको इच्छा चहाना र क्षमता अनुसारको कार्यमा लाग्नको लागि वतावरण तयार गर्नु अभिभावकको दायित्व हो ।
हरेक बालबालिकाले उमेर अनुसारको जुनसुकै विधामा सक्रियताका साथ सहभागि हुन सक्नेछन् । यसमा उनीहरुको इच्छा, सक्रियता, लगनलाई ध्यानमा दिएर परिवारले आप्mनो अवस्था अनुसार साथ दिन सक्नुहुने छ । यी र यस्ता अवसरलाई उपभोग गर्नु भनेको कसैद्वारा सिकाईएको भन्दा अमिट छाप पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्