माइक्रोम्याक्सको नयाँ मोवाइल


काठमाडौं । माइक्रोम्याक्सले नयाँ प्रस्तुति क्यु ४००२ बोल्ट ४ लाइट ल्याएको छ । मोवाइल खरिदमा ग्राहकले प्रत्येक हप्ता २५० एमबी एनसेल डाटा १२ हप्तासम्म निशुल्क प्राप्त गर्नेछन् । यसमा १ जिबी ¥याम ५ इन्च एचडी स्क्रिन, ५ एमपी र २ एममी क्यामेराका साथै ८ जिबी रोम रहेको छ, जसलाई ३२ जिबीसम्म विस्तार गर्न सकिनेछ । दुईवटा माइक्रो सिम प्रयोग गर्न सकिने यसको मूल्य ८ हजार ८ सय रुपैयाँ रहेको छ ।
चाडपर्वको उपलक्षमा माइक्रोेम्याक्स खरिदमा ब्याग उपहार प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्